कर्णालीको खाद्यान्न संकटबारे मानव अधिकार आयोगको चासो
कालिकोट – राष्ट्रिय मानव अधिकार उपक्षेत्रिय कार्यालय जुम्लाले कर्णालीको खाद्यान्न संकटका विषयमा चासो देखाएको छ । कर्णालीका बिभिन्न ठाउँ खाद्यान्न उत्पादनमा ह्रास आएको र भोकमरी शुरु भएको बिषयमा चासो देखाएको हो । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाले कालिकोटमा आयोजना गरेको अन्तक्रिया कार्यालयमा कर्णालीको खाद्यान्न संकटका बिषयमा आयोगको चासो रहेको उपक्षेत्रिय कार्यालय जुम्लाका निमिक्त प्रमुख श्रीराम अधिकारीले बताए । ‘कर्णाली खाद्यान्न संकट शुरु भएको छ ।’ उनले भने, ‘तत्काल यसको समस्या समधान नगर्ने हो भने ठुलो समस्या आउन सक्छ ।’ त्यस्तै, बिगतको शसस्त्र द्वन्द्वका क्रममा कालिकोटमा घटेका घटनाको बिषयमा गम्भीर चासोका रुपमा रहेको बताएको छ । कालिकोटका कोटबाडा र पिलीमा भएको घटनाको उजुरी आयोगमा परेको त्यसको छानबिन गरिने पनि जनाएको छ । सशस्त्र द्वन्द्वका क्रममा कालिकोटमा भएका मानव अधिकार उलल्घनका घटनाका बिषयमा आयोगले छानबिन गरिरहेको कार्यालयका निमित्त प्रमुख अधिकारीले बताए । ‘सशस्त्र द्धन्द्धमा भएका गम्भीर प्रकारका मानवअधिकार उल्लखनका घटनाहरुको छानबनि गरिहेका छौं’ उनले भने । त्यस्तै उपक्षेत्रिय कार्यालय जुम्लाले कालिकोट जिल्लामा अस्पताल लगाएत अन्य संघसंस्थाहरुमा एम्बुलेन्स नभएको, अस्पतालमा औषधी नभएको जस्ता घटना पनि आयोगमा उजुरी परेको जनाएको छ । बेपत्ताहरुले क्षतिपुर्ति नपाएका घटनाका उजुरी पनि आयोगमा परेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण