सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वपूर्ण सम्झौता हुन्छ : महासचिव पोखरेल

शुक्रबार, १४ फागुन २०७२, १३ : ३३
शुक्रबार, १४ फागुन २०७२

दाङ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै गर्ने चीन भ्रमणका बेला दुई देशबीचमा महत्वपूर्ण सम्झौता हुने बताएका छन् ।

अब गरिने चीन भ्रमणका क्रममा पारवहन सम्झौता, वाणिज्य सम्झौता, दीर्घकालीन ऊर्जा सम्झौता र सीमाक्षेत्रमा ‘कनेक्टीभिटी’ बढाउने गरी सम्झौता हुने महासचिव पोखरेलले बताए ।

दाङको लमहीमा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी देशबीचमा सन्तुलित सम्बन्ध नहुँदा नेपालले समस्या भोग्नुपरेको धारणा राखे ।

प्रधानमन्त्री ओलीले गरेको ६ दिने भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउँदै उहाँले एमाले नेतृत्वको सरकारले छिमेकी देशबीचको सम्बन्धलाई सन्तुलन राख्ने गरी काम गरिरहेको प्रस्ट पारे । अर्को एक प्रसङ्गमा महासचिव पोखरेलले एमालेले संविधानको पक्षमा उभिने शक्तिसँग हातेमालो गरी अघि बढ्ने जानकारी दिए ।

नेपाल आत्मनिर्भर नहुँदा छिमेकीले हेपाहा प्रवृत्ति देखाएको भन्दै उनले अब आत्मनिर्भरताको बाटोमा मुलुकलाई अघि बढाउन सबै तह र तप्काबाट पहल हुने गरी नीति तथा कार्यक्रम तयार गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप