४० वर्षकै ठूलो खडेरीले कर्णालीका जनता पलायन हुँदै
काठमाडौ – कर्णालीमा ४० वर्षकै ठूलो खडेरी परेपछि तीन जिल्ला खाद्य संकटको मारमा परेका छन् । गत साउन २५ देखि माघ ५ गतेसम्म वर्षा र हिमपात नहुँदा खाद्य संकट शुरु भएको छ । खडेरीका कारण तीन जिल्लाका ४१ भन्दा बढी गाबिस अहिले खाद्य असुरक्षामा परेको कृषि अभियानता एवं वातावरणीय कृषि विकास केन्द्रका प्रमुख प्रमोद दाहालले बताए । वातावरणीय कृषि तथा विकास केन्द्र(केड) का अनुसार २०३२ सालपछि यो बर्ष कर्णालीमा ठूलो खडेरी परेको हो । गत साउनको २५ गतेदेखि माघ ५ गतेसम्म(करिब ५ महिना) नियमित रुपमा हुने अकाशे पानी र हिमपात नपर्दा ठूलो खडेरी परेको दाहालले बताए । खडेरीका कारण बर्खे बाली डढेर सखाप हुनुका साथै हिउँदे बालीको खेती पनि सिंचाईको अभावमा अन्तन्त नाजुक अवस्थामा पुगेका छन् । कर्णालीको शुष्क र अर्ध शुष्क कृषि क्षेत्र भएकाले सिंचाईको अभावमा स्थानीय बाली नाली प्रभावित हुँदै आएको छ ।
खडेरीले कुन–कुन जिल्ला प्रभावित ?
भीषण खडेरीका कारण मुगु, बाजुरा र हुम्लालगायतका जिल्लाहरु प्रभावित भएका छन् । खडेरीका कारण मुगुको भीई, नाथर्पु, जिमा, कालै, धैनकोट, ह्याङलु, सुकाढिक, कोटडाँडा, माग्री, पुलु, किम्री र डोल्फु गाबिस ठूलो खाद्य संकटग्रस्त सूचीमा दरिएका छन् । यसैगरी मुगुकै श्रीनगर, कार्किवाडा, रोवा, रुगा, पिना, रारा, फोतु, सेरी, श्रीकोट, खमाले, गम्था र मुगु गाबिस खाद्य संकट उन्मुख सूचीमा दरिएका छन् ।
यसैगरी बाजुरा जिल्लाको जगन्नाथ, वाइ, गोत्री, कोल्टिसहित ११ गाबिस खाद्य संकट सूचीमा परेका छन् भने हुम्लाको २७ वटा गाबिसमध्ये श्रीनगर, कालिका, मैला, मदना, जइरलगायत १३ गाबिस खाद्य संकटको सूचीमा परेका छन् ।
खडेरीले गरायो पलायन
खडेरीका कारण उत्पन्न भएको खाद्य संकट र खाद्यान्न अभावपछि कर्णालीका करिब चार सय भन्दा बढी स्थानीय बासिन्दा रोजगारीका लागि भारतको विभिन्न सीमा क्षेत्रमा पसेका छन् । भिषण खडेरीले खाद्य संकटग्रस्त गाबिसमध्ये मुगुको भीइ गाबिसका २० प्रतिशतको संख्यामा रहेका दलित समुदायका २ सय ६५ घरधुरीमध्ये ८७ प्रतिशत घरधुरीबाट करिब ४ सय जना पेट पाल्ने बाध्यताले रोजगारीका लागि भारतको विभिन्न सीमा क्षेत्रमा पलायन भएका छन् । भारत पलायन भएको यो संख्या उक्त गाबिसको कूल जनसंख्याको २५ प्रतिशत हो । भारत पलायन हुने दलित बस्तीको घरधुरीबाट ९३ प्रतिशत र गैरदलित बस्तीको घरधुरीको करिब ८६ प्रतिशत संख्या रहेको छ । अन्य गाबिसबाट पनि भिइ गाबिसजस्तै ठूलो संख्यामा स्थानीय बासिन्दा खाद्य संकट टार्न रोजगारीको खोजीमा भारत पसेका छन् । खाद्य संकटले गाजेपछि बिद्यालय जाने र काम गर्न सक्ने उमेर समूहका बालबालिका समेत बिद्यालय छाडेर कामका लागि भारत छिरेका छन् । कतिपय घरधुरीका सपरिवार नै बिस्थापित भएका छन् ।
खडेरीले बाली र जनसंख्यामा प्रभाव अध्ययन प्रतिवेदनअनुसार मुगु जिल्लाको १२ वटा खाद्य संकटग्रस्त गाबिसमा सामान्य समयमा १ हजार ५ सय ७९ मेट्रिक टन बर्खे बालीनालीबाट उपभोग्य खाद्यान्न उत्पादन हुन्छ । उक्त गाबिसहरुमा हिउँदे बालीको रुपमा उत्पादन हुने गहुँ, जौ, उवा, नाफलको बालीको क्षेत्रफलको ९० प्रतिशत क्षेत्रफलको बाली खडेरीका कारण उम्रन पाएन् । खडेरीका कारण उक्त गाबिसहरुको २३ हजार ८४ जना स्थानीयबासिन्दा प्रभावित भएका छन् । यसमध्ये ५०.५ प्रतिशत महिला प्रभावित भएका छन् । खाद्य संकट गाबिसमा प्रतिबर्ष प्रति व्यक्ति १ सय ९१ किलोका दरले ४ हजार ४ सय ९ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । खाद्यान्न संकट गाबिसमा अहिले २ हजार ८ सय ३० मेट्रिक टन खाद्यान्न अपुग भएको छ ।
परनिर्भरता र चामल राजनीति
कर्णाली जिल्लालाई नीतिगत रुपमै खाद्यान्नमा परनिर्भर बनाउने खेल बर्षाैदेखि भइरहेको छ । अहिले पनि त्यो जारी नै छ । कर्णाली खाद्यान्नमा परनिर्भर बनेपछि स्थानीय राजनीतिक दलले चामलसँग निर्बाचनमा भोट किन्दै आएका छन् । दलका नेताले प्रयास गरेर चामल लग्ने र आफ्नो पकेट क्षेत्रमा चामल बितरण गरेर भोट किनेर निर्बाचनमा जित्दै आएका छन् । स्थानीय कृषि विकास र पशु विकास, स्थानीय विकास कार्यालयलगायतले पनि स्थानीय बालीनालीलाई जगेर्ना गरेर उत्पादन बढाएर आत्मनिर्भर बनाउनुभन्दा नतिजाहिन काममा बजेटको अधिकांश हिस्सा खर्च गर्दैआएका छन् । जसका कारण अहिले पनि स्थानीय बासिन्दा उडुवा चामल(प्लेनबाट आउने चामल) को भरमा छन् । कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन केन्द्रिय सरकार, स्थानीय सरकार, स्वदेशी र विदेशी दातु निकाय, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था कर्णालीबासीको समस्यालाई भजाएर अकुत सम्पति कमाए पनि स्थानीयबासिन्दा भने दिनदिनै खाद्य असुरक्षामा डुब्दै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण