‘पार्टी एकताबारे काम भन्दा हल्ला बढी’ – अध्यक्ष वैद्य
काठमाडौँ - नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा ९माओवादी०सँग पार्टी एकताबारे काम भन्दा हल्ला बढी भएको बताएका छन् ।
माओवादीकोे उपत्यका समितिले आज यहाँ आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ मा अध्यक्ष वैद्यले एकताका लागि पहिले विचार मिल्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘‘एक हप्ताभित्र माओवादीको एकता हुँदैछ भन्ने प्रचारबाजी हप्तैपिच्छे सुनिन्छ । पार्टी एकता भन्दैमा भइहाल्ने होइन । ’
उनले एकता कसैलाई प्रधानमन्त्री बनाउनका लागि नभई जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित हुनुपर्ने पार्टीको धारणा रहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा माओवादीका नेता परी थापाले कम्युनिष्ट कार्यकर्ताले कम्युनिष्ट सिद्धान्त, विचार र आचरणलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।
उनले पार्टी कार्यक्रम, योजना र सिद्धान्तबारे कार्यकर्तालाई सुसूचित गर्न प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।
माओवादीले फागुन १४ देखि २१ गतेसम्मलाई विविध कार्यक्रम गरी सहिद सप्ताहको रुपमा मनाउने परम्परा अनुरुप आजदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण