चोरीको सुनसहित एक पक्राउ
गौशाला - महोत्तरी प्रहरीले जिल्लाको बर्दिबासबाट आज चोरीको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्लाको दमक नगरपालिका–६ बस्ने ३८ वर्षीय मानबहादुर विक रहेको प्र्रहरी निरीक्षक जीवन गिरीले बताए ।
इलाका प्र्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्र्रहरी टोलीले बर्दिबास नगरपालिका–१ स्थित कुसुम ज्वेलर्समा कारिगरको काम गर्दै आएका विकलाई चोरीको सुनसहित पक्राउ गरेको हो । बर्दिबास–३ मा डेरा लिएर बसेका र सोही ठाउँमा सुनचाँदीको गहना बनाउने कारखाना खोलेका विकलाई सोही स्थानबाट चोरीका दुई थान सक्कली तिलहरी र अरू गलाइएको सुन गरी जम्मा २५.३२ ग्र्राम सुनसहित पक्राउ गरिएको प्र्रहरी निरीक्षक गिरीले बताए ।
सुन चोर विकले १५ दिनअघि मोरङ उर्लाबारीको आइतबारेमा साथीसँग मिलेर सुन चोरी गरी फरार भएकामा इप्र्रका उर्लाबारीले विकका अरू साथीलाई पक्राउ गरेको र उनीहरुले नै विक बर्दिबासमा सुनको कारिगरको काम गरिरहेको सूचना दिएका कारण पक्राउ गर्न सकिएको हो ।
सुन चोरीको आरोपमा पक्राउ परेका विकले आफ्नो अपराध सकारेको प्रहरीले बताएको छ । उनलाई आवश्यक कारबाहीका लागि उर्लाबारी मोरङ पठाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण