काठ व्यवसायीलाई अपहरण गर्ने चार युवक पक्राउ
शुक्रबार, १४ फागुन २०७२, १६ : ४७
इलाम - एक काठ व्यवसायीलाई अपहरण गर्ने चार युवकलाई प्रहरीले गएराति इलाम सदरमुकामस्थित होटलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम चुलाचुली–१ का ३५ वर्षीय ध्रुव भनिने पूर्ण लावती, दमक नगरपालिका–१० का २३ वर्षीय सन्देश लिम्बू, झापा तोपगाछी–७ का ३६ वर्षीय भानु भनिने युके सुब्बा र तोपगाछी–५ का २८ वर्षीय नवराज राई रहेका छन् ।
जिल्ला वन कार्यालय इलामले बिहीबार खोलेको काठको लिलामी बोलपत्रमा बोलपत्र भर्न आएका झापा दमक नगरपालिका निवासी इन्द्रमणि सिवाकोटीलाई अपहरण गरी एक होटलमा लगेका थिए । होटलमा लगेर ती युवाले सिवाकोटीसँग एक लाख रूपैयाँ मागे । सिवाकोटीले जीउभन्दा पैसा ठूलो होइन भन्ठानेर ५०÷५० हजारका दुई पेटी उनीहरूलाई दिए । केही छिनपछि ‘एक लाख अपुग भयो, फेरि एक लाख रूपैयाँ चाहियो’ भनेपछि उनीसँग पैसा थिएन । पैसा नभएपछि ती युवाले पुनः सिवाकोटीलाई एक लाख रूपैयाँ दिने तमसुक बनाएर त्यसमा ल्याप्चे लगाउन लगाए । तमसुकमा हस्ताक्षर गरेपछि उनीहरूले सिवाकोटीलाई मुक्त गरिदिए ।
ल्याप्चे गरेपछि युवा खान्तेपिन्तेमा लागेको मौकाछोपी सिवाकोटी जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूलाई अपहरण गरेको र पैसा लिएको सबै बताएपछि तत्काल प्रहरी टोली होटलमा पुगेर ती युवालाई पक्राउ गरेको हो । प्रहरीले राति १० बजे चारजनालाई फ्रेन्स र आशीर्वाद होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक रूद्र चुडालले बताए ।
प्रहरीले पक्राउ परेका युवाको साथबाट एक लाख रूपैयाँ, तमसुक र तीनवटा बोलपत्र फारामसमेत बरामद गरेको छ । पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धकअन्तर्गत मुद्दा चलाइने प्रनि चुडालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण