सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

गहुँबारीमा अवतरण गर्नुअघि क्याप्टेनले भनेका थिए, ‘तपाईहरु नआत्तिनुस्, हामी मरे पनि बचाउँछौं’

शुक्रबार, १४ फागुन २०७२, १६ : ५८
शुक्रबार, १४ फागुन २०७२

कालिकोट– कालिकोटका चिल्खाया गाविस वडा नम्बर–३ स्थित गहुँबारीमा विमान अवतरण गर्नुअघी काष्टमाण्डप एयरका क्याप्टेन दिनेश न्यौपानेले यात्रुहरुलाई नआत्तिन आग्रह गरेका थिए । शुक्रवार मध्यान्ह नेपालगञ्जबाट जुम्लाका लागी उडेको काष्ठमाण्डप एयरको विमान आकस्मिक अवतरण गर्ने क्रममा विमानको अवस्था ठिक नभएको भन्दै न्यौपानेले यात्रुहरुलाई आकस्मिक अवतरण गर्न लागेको जानकारी गराउँदै यसरी नआत्तिन आग्रह गरेका हुन् ।

केही समयअघि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका डिएसपी किशान सिंह वुडालका अनुसार विमान गहुँबारीको कान्लोमा ठोक्किएको छ । रातोपाटीसँग कुरा गर्दै वुडालले भने, ‘माथिल्लो पाटोमा अवतरण गर्न खोज्दा कान्लोमा ठोक्किएर विमानको अघिल्लो भागमा क्षति पुगको देखिन्छ ।’ दुर्घटनापछि घाईतेको उपचारका लागी घटनास्थल पुगेका चिल्खाया स्वास्थ्य चौकीका अहेव जंगबहादुर रावलले घाईतेको भनाई उदृत गर्दै भने, ‘तपाईहरु नआत्तिनुस, सुरक्षित ठाउँमा विमान अवतरण गराउँदैछौं’ भन्दै यात्रुलाई सचेत गराएको केही छिनमै विमान खेतमा आकस्मिक अवतरण गरेको थियो । यात्रुहरुको भनाई उद्धृत गर्दै उद्धारमा खटिएका पादमघाट प्रहरीले भने, ‘विमान चालकले आफू मरे पनि हामीहरुलाई बचाउने आश्वासन दिएका थिए ।’ अवतरणको क्रममा विमानको अघिल्तीरको भाग खेतको कान्लोमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाए । विमानका सहचालकको घटनास्थलमै मृत्यु भएको थियो भने विमानका क्याप्टेनको उपचारको क्रममा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप