यस्तो देखियो एयर काष्ठमण्डप दुर्घटना भएको स्थल (फोटोफिचर)
शुक्रबार, १४ फागुन २०७२, १७ : ५५
काठमाडौँ - नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ ।
जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको थियो । नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिएका थिए ।
जहाजमा ११ जना यात्रु सवार रहेकोमा दुई जनाको निधन भएको मृत्यु हुनेमा क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना रहेका छन् । घाइते तथा मृतकलाई अहिले नेपालगञ्ज लगिएको छ । त्यहाँको कोहलपुर मेडिकल कलेजमा घाइतेहरुको उपचार भइरहेको छ ।
फोटोः कमल शाही
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण