सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

नगरकोटमा युवतीको बेवारिसे लास भेटियो

शुक्रबार, १४ फागुन २०७२, १८ : ११
शुक्रबार, १४ फागुन २०७२

भक्तपुर – नगरकोट नगरपालिकाको वडा नम्बर ११ स्थित मुहानपोखरी भन्ने स्थानमा युवतीको लास भेटिएको छ । अन्दाजी २२–२५ वर्षकी ती युवतीको लास बेवारिसे अवस्थामा भेटिएको हो । प्रहरीका अनुसार मंगोलियन अनुहार भएकी ती युवतीको लासलाई सडकका कामदारहरुले भेटेका थिए । युवतीको हालसम्म परिचय खुल्न सकेको छैन । भक्तपुर प्रहरीका अनुसार युवतीले कालो पाइन्ट र कालो टिसर्ट लगाएकी छिन् । उनको दाहिने हातमा चोट लागेको देखिएको छ । लासको प्रकृति हेर्दा लास २–३ दिन पूरानो हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, प्रारम्भिक अनुसन्धानबाट यौनजन्य घटना भएको देखिएको छैन । शवपलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल महराजगञ्ज पुर्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप