मोर्चाको बन्दबीच भैरहवामा एमालेको भव्य कार्यक्रम (फोटोफिचर)
भैरहवा - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संविधानले कुनै समुदाय प्रति कुनै प्रकारको असामनता, भेदभाव नगरिएको बताएका छन । आफुले भारत भ्रमणको क्रममा पनि त्यसतो प्रतिक्रिया पाएको उनले बताए ।
नेकपा एमाले अञ्चल कमिटी लुम्बिनी द्धारा आयोजित जनताको संविधान जनताको माझ भन्ने कार्यक्रमको प्रचार प्रसार गर्न भैरहवामा आयोजित बिशाल आमसभालाइ सम्बोधित गर्दै प्रधानमन्त्री ओलीले जारी संविधान पछाडि परेका समुदायलाई अगाडी ल्याउन बिशेष ब्यावस्था समेत गरिएको बताए । जारी संविधानको कारण केही राजनैतिक स्वार्थ राख्ने ब्यक्तिहरुलाई छटपटि भएको टिप्पणी गर्दै ओलीले मधेश केन्द्रित दलले मधेशी जनतामा भ्रम फैलाउने काम मात्र गरेको दावी गरे ।
“संविधानले के दियो? केही दिएन” भन्दै मधेशी दलले आम मधेशी जनतामा भ्रम छरिरहेको बताउदै उनले संविधानले जनतालाई दाल भात नदिई अधिकार सुनिश्चित गरेको मधेशी जनतालाई बुझाउन आवश्यक रहेको बताए । भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा राम्रो आतिथ्यता, ब्यावहार तथा सम्मान पाएको बताए । उनले भारतले बराबरको हैसियत दिएको समेत बताए ।
उनले ३ बर्ष भित्र बृहत्तर लुम्बिनकिो बिकास, तुईनको ब्यावस्थापन लगायतका बिकास निर्माण कार्य गर्ने कुरा समेत दोहोराए । यस अतिरिक्त पूर्व पश्चिम रेलवे, काठमाण्डौ–पोखरा–लुम्बिनी रेलवेको समेत सोच बनाई रहेको बताए ।
एमाले लुम्बिनीद्वारा आयोजित उक्त आमसभामा अर्थमन्त्री बिष्णु पौडेल, उद्योग मन्त्री सोम प्रसाल पाण्डे, खेलकुद मन्त्री सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए ।
अमसभामा रुपन्देही बाहेक नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी लगायतबाट कार्यकर्ता तथा नेताहरु सहभागी भएका थिए । यसै बिच एमालेको कार्यक्रम बिथोल्न मधेशी मोर्चाले रुपन्देही बन्दको आव्हान गरे पनि बन्दको प्रभाव परेन । प्रहरीको कडा सुरक्षाका कारण कार्यक्रममा कुनै अप्रिय घटना हुन पाएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण