सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसका युवा नेता भन्छन्, ‘कांग्रेसलाई नेता होइन नीति प्रधान बनाऔं’

शुक्रबार, १४ फागुन २०७२, १५ : ५०
शुक्रबार, १४ फागुन २०७२

काठमाडौ - पार्टीको १३ औ महाधिवेशनबाट केन्द्रीय सदस्यको आकांक्षी नेपाली काग्रेसका यूवा नेताहरुले पार्टी लामो समयदेखि नेतृत्वको विषयमा रुमलिदा पार्टी संकटमा परेको भन्दै महाधिवेशनले पार्टीलाई नीति प्रधान बनाउनु पर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा विश्वप्रकाश शर्माले नेपाली काग्रेस नीति प्रधान भन्दा नेतृत्व प्रधान बन्न थालेकोमा चिन्ता ब्यक्त गर्दै अब नीति र नेतृत्वको अधिवेशनलाई छुट्याउनु पर्ने धारणा राखे । साक्षात्कारमा उनले पार्टीको संगठनलाई अब विस्तार भन्दा पनि ब्यवस्थापनको आवश्यकता रहेको उल्लेख गर्दै काग्रेसको महाधिवेशनले आफ्नो नेतृत्वमा बनेको संविधानको अपनत्व विस्तारको योजना ल्याउनु पर्ने बताए । शर्माले संविधानमो निर्माणपछि राजनीतिक कोर्स पुरा भएकोले अब राष्ट्रिय पुनःनिर्माणको खाका ल्याउनु पर्ने बताए । शर्माले नेतृत्व लिनेले एक अर्कालाई गाली गरेर गाली उद्योग चलाउनु भन्दा पनि यसमा सुधार गरेर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए । अर्का यूवा नेता मीन विश्वकर्माले पार्टीको १३ औ महाधिवेशनलाई राष्ट्रिय अन्तर्राष्ट्रिरुपमा महत्वका साथ हेरिएकोले अब काग्रेसले आफूलाई नीति प्रधान बनाउनु पर्ने आवश्यकता औल्याउँदै संघीयता अनुसारको निर्वाचन र राजनीतिक अर्थशास्त्रको ब्याख्या महाधिवेशनले गर्नु पर्ने बताए । उनले महाधिवेशनले काग्रेसको सांगठनिक संरचना परिमार्जन, मासबेसबाट सदमासबेस हुन लागेको पार्टीको रुपान्तरण, बैचारिक विचलन रोक्नेयूवा नेतृत्व अर्का केन्द्रीय सदस्यका प्रत्यासी प्रदिप पौडेलले काग्रेस नीतिभन्दा पनि कुर्सीमा बढी केन्द्रीत भएको भन्दै अर्को अधिवेशनले नेतृत्व चयन भन्दा पनि नीति चयनलाई प्राथमिकता दिनु पर्ने धारणा राखे । उनले भने,‘ अहिलेको छलफल नेतृत्वमा केन्द्रीत भयो, नीति प्रधान बन्न सकेन । विचार, कार्यक्रम र नीति प्रधान बनाउन सके मात्र काग्रेसले मुलुकको नेतृत्व गर्छ सक्छ । आन्तरिक कमजोरीका कारण पार्टी विधिबाट चल्न सकेन यस्तो पार्टीले देशको नेतृत्व कसरी गर्न सक्छ ?’ नेतृत्वको कमजोरीले काग्रेसप्रति विश्वास घट्दै गएको भन्दै अब मुलुकको समृद्धि, संविधानको कार्यान्वयन, नेपाली समाजको परिवर्तनको चाहना पुरा गर्ने दस्तावेज आवश्यक भएको भन्दै पौडेलले धेरै उम्मेदवार बन्दा पार्टीमा बैचारिक बहस हुन नसकेको बताए । उनले योजना मुखी भएर उम्मेदवार छनौट गर्न समेत आब्हान गरे । अर्का यूवा नेता महेश थपलीयाले काग्रेस बैचारिक रुपमा अघि बढाउन नसकेको अब यूवाहरु एक जुट भएर पार्टीलाई अघि बढाउनु पर्ने आवश्यकता औल्याए । यस पटकको अधिवेशनमा यूवाहरुले मिलेर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिदै यसपटकको अधिवेशनले गुट उपगुटको अन्त्य गरेर यूवाहरुलाई नेतृत्व तहमा पुर्याउने विश्वास ब्यत्त गरे । अर्का यूवा नेता तिलक रुवालीले नीति निर्माण र सांगठनिक संरचना निर्माण पार्टी चुक्दा पार्टी नीति भन्दा नेतृत्व प्रधान बन्न पुगेको भन्दै अब पार्टीलाई यूवाहरुले अघि बढाउनु पर्ने आवश्यकता औल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप