माछाको कत्ला जस्तो घाउले दाजुभाइ पीडित
झापा– झापाको बुधवारे–७ स्थित नवकिरण निम्न माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका दुई विद्यार्थी शरीरभरि माछाको कत्ला जस्तो घाउ आउने छालाको अनौठो रोगबाट पीडित बनेका छन् ।
रोगबाट पीडित हुने विद्यार्थीमा कक्षा ३ मा पढ्ने ९ वर्षीय भुवन गुप्ता र पूर्व प्राथमिक कक्षामा पढ्ने ४ वर्षका उनका कान्छा भाइ सरोज गुप्ता रहेका छन् ।
गुप्ता दाजुभाइको शरीरको छाला पट्पटी फुटेर सुकेको छ । छाला सुकेपछि माछाको कत्ला जस्तो दर्दनाक घाउ शरीरभरि फैलिएको छ ।
भुवनले घाममा बस्दा शरीर पोल्ने र दुख्ने गरेको पीडा सुनाए । आँखाबाहेक शरीरका सबै बाहिरी अङ्गमा अनौठो रोगको सङ्क्रमण फैलिएको छ ।
उनीहरूका बुबा सञ्जय गुप्ता परिवारको गुजाराका लागि साइकल मेकानिकको काम गर्छिन् भने आमा सामान्य गृहिणी हुन् ।
आफ्ना तीन सन्तानमध्ये जेठो छोरा भुवन र कान्छो सरोजमा माछाको कत्ला जस्तो घाउ आउने रोगले जन्मैदेखि सताउँदै आएको सञ्जय गुप्ता बताउँछन् । माइलो छोरामा भने यस्तो समस्या छैन ।
पढ्नमा मेहनती भुवन र सरोज रोगले सताएर जतिसुकै पीडा दिए पनि घर छेउ रहेको विद्यालयमा नियमित पढ्न आउने गरेको शिक्षिका करुणा राजवंशी बताउँछन् ।
“घाममा राख्नै हुँदोरहेनछ”, विद्यालयकी शिक्षिका राजवंशी उनीहरूले व्यहोर्ने गरेको सकसबारे भन्छिन्” “बस्दा, उठ्दा र हिँड्दासमेत घाउ दुख्ने गर्दोरहेछ ।” छालाको रोग भनेर झापा र भारत सिलगढीका विभिन्न अस्पतालमा उपचार गर्न लैजाँदासमेत निको नभएको गुप्ता परिवारको भनाइ छ ।
साइकल मर्मतको सानो व्यवसाय गरेर मुस्किलले परिवारको भरणपोषण गर्दै आएका सञ्जय गुप्ताले सुविधा सम्पन्न अस्पतालमा लैजाने आफ्नो आर्थिक सामथ्र्य नभएको बताए । उपचारका लागि कसैले सहयोग गरिदिए आफ्ना छोराले रोगबाट मुक्ति पाउने उनले आशा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
-
युक्रेनी ड्रोन विकासकर्तासँग जापानको सहकार्यप्रति रुसको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण