सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
सांसदहरूसँग अन्तरक्रिया

ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो

‘अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ’
आइतबार, ०३ साउन २०८३, १५ : ०६
आइतबार, ०३ साउन २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको आरोप लगाएका छन् ।
  • उनले अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन र थितिविहीन तरिकाले चलिरहेको बताए ।
  • उनले लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुने भए पनि अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्याहिंसा, तोडफोड, कब्जा र आगजनी भएको दाबी गरे ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, आगजनीबाट बनेको आरोप लगाएका छन् । 

पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

‘अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, थितिविहीन तरिकाले चलिरहेको छ’, अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्,तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा, आगजनीकाे आधारबाट बनेकाे हो।’

ओलीले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढङ्गले सञ्चालन भइरहेको समेत बताए । गत भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको उनकाे भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप