हारपछि रोनाल्डोले भने, ‘मजस्तै अरुले राम्रो खेलेको भए हामी शीर्ष स्थानमा हुन्थ्यौं’
म्याड्रिड – म्याड्रिड डर्बीमा आफ्नै घरेलु मैदानमा पराजित भएपछि रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नै समकक्षीको खरो आलोचना गरेका छन् । शनिबार राती सम्पन्न खेलमा रियल एथ्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको हो । खेलपछि रोनाल्डोले भने, ‘यदी सबै मेरै स्तरमा भएको भए हामी लिगको शीर्ष स्थानमा हुन्थ्यौं ।’ जिनेदिन जिदानको नेतृत्वमा पहिलो हार चाखेको रियल बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ भने एथ्लेटिकोभन्दा ४ अंकले पछि परेको छ । हिजोको खेलमा रियलले गेराथ बेल र मार्सेलोलाई चोटका कारण गुमाएको थियो भने करिम बेन्जेमालाई हाफ टाइममा सब्सिटिच्युट गरिएको थियो ।’ ‘म कसैको अनादर गर्न चाहन्न तर, टोलीमा उत्कृष्ट खेलाडी नहुँदा जित्न गाह्रो हुन्छ,’ रोनाल्डोले भने, ‘मलाई करिम, बेल र मार्सेलोसँग खेल्न मनपर्छ ।’ ‘यो होइन कि लुकास भाजक्वेज, जेसे र माटेओ कोभाचिच नराम्रा खेलाडीहरु हुन्, उनीहरु राम्रा खेलाडी हुन् तर त्यो बेल, करिम हुँदा जस्तो हुँदैन,’ रोनाल्डोले भने । यद्यपि, उनले आफ्नो भनाईबारे स्पष्टिकरण दिँदै मार्कालाई भने, ‘मैले त्यो खेलाडीको फिटनेसको बारेमा भनेको हुँ, खेलबारे होइन । म मेरा समकक्षीभन्दा राम्रो हुँ भनेको होइन ।’ शनिबार सम्पन्न खेलमा एन्टेनियो ग्रिजमानको एकल गोलको मद्दतले एथ्लेटिकोले रियललाई पराजित गरेको थियो । एथ्लेटिको लगातार तीन खेलमा रियलको घरेलु मैदानमा जित निकाल्ने पहिलो टोली बनेको छ । ‘हामीले सोचे अनुसार खेलका लागि तयार रहनेछौं,’ जिदानले खेलपछि भने, ‘हामीले तयारी गरेअनुसार खेल प्रदर्शन गर्न सकेनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण