आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

हतियार र गोली सहित पक्राउ

आइतबार, १६ फागुन २०७२, १२ : २९
आइतबार, १६ फागुन २०७२

मकवानपुर– हेटौडा उपमहानगरपालिका–१७ कमाने बस्ने १३ बर्षीय दावा लामा र १४ बर्षीय कुमार बललाई प्रहरीले हतियार र गोली सहित पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार हेटौडा उपमहानगरपालिका–१७ मा चेकजाँच गर्दा कुमार बलको साथबाट १ थान पेस्तोलको गोली बरामद भएपछि सोधपुछ गर्दा कर्रा खोलामा रहेको क्याम्प डाडाँ पुलको मुनी पेस्तोल र गोली भटिएको तथा पेस्तोल र गोली सोही ठाउँ बस्ने साम बहादुर पुलामी मगरको खेतमा रहेको झाडी भित्र लुकाई छिपाई राखेको बताएका थिए । उनीहरुले बताएको स्थानमा गई प्रहरीले खोजतलास गर्दा झारी भित्र प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा अटो पेस्तोल १ थान, सोको म्याग्जीन र गोली १ थान बरामद भएको थियो । निजहरुले माछा मार्ने क्रममा भेटेको स्थानमा समेत गई खोजतलास गर्दा खोलाको छेउमा एयर गनमा फिट हुने गोली १ सय ६९ वटा समेत बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप