शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशद्रोहको आरोप लागेका कन्हैया अदालतको आदेशपछि छुटे

शुक्रबार, २१ फागुन २०७२, १७ : ०८
शुक्रबार, २१ फागुन २०७२

नयाँ दिल्ली – जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा देश विरोधी नारा लगाएको आरोपमा पक्राउ परेका विद्यार्थी यूनियनका नेता कन्हैया कुमार बिहिबार तिहाड जेलबाट रिहा भएका छन् । उनलाई भारतको हाईकोर्टले ६ महिनाको अन्तरिम जमानत दियो । कन्हैयालाई १२ फेब्रुअरीमा दिल्ली पुलिसले पक्राउ गरेको थियो । केन्द्रिय सरकारको आदेशमा पक्राउ परेका कन्हैयाकुमारलाई दिल्ली सरकारले क्लिन चिट दिइसकेको छ । यसअघि जेएनयूमा देश विरोधी नाराबाजी भएको भन्दै तयार पारिएको भिडियो सम्पादन गरेर मिलाईएको पुष्टि दिल्ली सरकारले गरेको छ । भिडियोलाई सम्पादन गरेर मिलाईएको र भारतीय च्यानलहरुबाट प्रोपोगाण्डाका रुपमा फैलाउँदै कन्हैयाकुमारलाई दोषी साबित गरेर स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप सर्वसाधारणले लगाएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भिडियोको यर्थाथ जाँच गर्न लगाएका थिए । हैदरावादस्थित एक ल्याबमा ती भिडियोहरु वास्तविक हुन् वा सम्पादन गरेर मिलाईएको हो भन्ने विषयमा जाँच गरियो । सञ्चारमाध्यममा आएको समाचारअनुसार दुई भिडियोमा जसको आवाज छ, ति व्यक्ति नै दृश्यमा देखिएका छैनन् । ७ भिडियो जाँचका लागि ल्याबमा पठाइएको थियो । त्यसमध्ये दुई भिडियोलाई सम्पादन गरेर मिलाईएको पाइयो । बाँकी ५ भिडियो ठीक छ । यस्तो थियो घटना जवाहरलाल नेहरु विश्वविद्यालयमा भारत विरोधी नारा लगाएको भन्दै कन्हैयाकुमारलाई पक्राउ गरिएको थियो । ९ फेब्रअरीमा वामपन्थी समूहका विद्यार्थीहरुले काश्मिरको स्वतन्त्रताका लागि लड्ने अफजल गुरु र जम्मू कश्मीरका अर्का नेता मकबूल भटको संझनामा एक कार्यक्रम गरेका थिए । यसलाई सांस्कृतिक कार्यक्रमको नाम दिइएको थियो । काश्मिर स्वतन्त्र रहनुपर्ने माग राखेका अफजल गुरु २००१ मा भारतीय संसद भवनमा भएको आतंककारी हमालामा दोषी पाइएका थिए । उनलाई २०१३ मा देशद्रोहको आरोपमा फाँसी दिइएको थियो । साबरमती होस्टल अगाडी ५ बजे अफजलको संझनामा भएको कार्यक्रमका दौरान भारतीय जनता पार्टीको विद्यार्थी संगठन र वामपन्थी विद्यार्थीहरुबीच झडप भयो । भारतीय जनता पार्टीका विद्यार्थीहरुले कन्हैयाकुमारको नेतृत्वमा आयोजित कार्यक्रममा भारतविरोधी नारा लागेको आरोप लगाए । १० फेब्रुअरीमा नारावाजीको भिडियो यू–टयूव तथा भारतीय मिडियामा भाइरल भयो । कन्हैयाकुमारमाथि देशद्रोहको मुद्धा लागेपछि दिल्ली पुलिसले १२ फेब्रुअरीमा उनलार्ई पक्राउ ग¥यो । यस समय अर्का नेता खालिद भेटिएनन् । पछि पत्ता लाग्यो कि उनी जेएनयूमै थिए । केही दिनपछि उनले आत्मसमपर्ण गरे । उनी अहिले छानविनका क्रममा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप