कालोबजारीमाथि कारबाही गर्दा म्याग्दीका सिडियोको सरुवा
म्याग्दी – गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सिडियो )साठरमणी पाठकलाई आकस्मीक रुपमा सरुवा गरेको छ ।
मन्त्रालयले सहसचिव केशव आचार्यलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । पाठकलाई तराई क्षेत्रमा सहायक प्रजिअको रुपमा खटाइने जानकारी आएपनि जिल्ला ठोस भैसकेको छैन् ।
‘मेरो तराईको जिल्लामा सरुवा भयो । भोलिनै जान्छु’ प्रजिअ पाठकले शुक्रबार दिउँसो कार्यकक्षमा पत्रकारहरुसंग निराश हुदै भने, ‘मेरो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’
पाठकले शुक्रबार बिहान कार्यालय समय सुरु भएपछि मात्रै आफ्नो सरुवा भएको जानकारी पाएका थिए । शनिबारनै जिल्ला छाडेर जान लागेका उनलाई शुक्रबार दिउँसो कर्मचारी मिलन केन्द्रले आकम्सीक रुपमा कार्यक्रम आयोजना गरेर बिदाई गरेका छन् ।
अबैध रुपमा घर, पसलबाट पेट्रोलीयम पदार्थको ब्यापार गरेको आरोपमा तीन जना यातायात ब्यवसायीलाई कालोबजारी ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको भोलीपल्टै प्रजिअको सरुवा भएपछि कर्मचारी क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ ।
प्रहरीले बुधबार घर, पसलमा राखेको डिजेल र पेट्रोल सहित पक्राउ गरेका व्यक्तिलाई मुद्दा चलाउने नचलाउने विषयमा भएको बिवादनै प्रजिअको आकम्मीक सरुवाको कारण बनेको स्रोतले जनाएको छ ।
प्रहरीले बुधबार गलेश्वरका मोहन केसी, लक्की केसी र कालीपुलका यज्ञराज थापा (बिजय)को घर तथा ग्यारोजबाट तिन सय लिटर डिजेल र १४५ लिटर पेट्रोल समेत नियन्त्रणमा लिएको थियो ।
मोहन केसीले तिन हजार, लक्की केसीले पाँच हजार र थापाले २९ हजार रुपैया धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका थिए । प्रहरी र प्रशासनमाथी उनिहरुलाई कारबाही प्रक्रिया अघि बढाउन हुने र नहुने पक्षको दोहोरो दवाव परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण