बेपत्ता आयोगलाई हातखुट्टा बाँधेर पोखरीमा फालेसरह बनाइयो : प्रवक्ता पाठक
खोटाङ - बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता तथा सदस्य प्राध्यापक डा विष्णु पाठकले १३ महिना बित्दासमेत आयोगले अपेक्षित काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सदरमुकाम दिक्तेलमा आयोजना गरेको पीडित तथा सरोकारवालासँगको अन्तक्र्रियामा प्रवक्ता पाठकले कामका हिसाबले उच्चस्तरीय अङ्ग भए पनि सरकारको उचित सहयोग नमिल्दा आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताए । पाठकले भने, “आयोगलाई हातखुट्टा बाँधेर पोखरीमा फालेसरह बनाइयो, काम सुरु गर्नै गाह्रो भो ।”
पाठकले पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायबाट समेत आयोगलाई सहयोग प्राप्त हुन नसकेको उल्लेख गरे । नेपालमा नौ वर्षसम्म आयोगको पक्षमा वकालत गरेको संयुक्त राष्ट्र सङ्घसमेत आयोग बनेपछि चुप बसेको पाठकले बताए ।
स्थानीय शान्ति समितिको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा काहुले–३ का भीमबहादुर राईले द्वन्द्वको समयमा नेकपा माओवादीसँग हिँडेकी श्रीमती चन्द्रा राईको हालसम्म अत्तोपत्तो नभएको गुनासो गरे । चन्द्रालाई बेपत्ताको सूचीमा राख्न २०७१ साल फागुन १९ गते सिफारिस गरिए पनि कार्यान्वयन नभएको स्थानीय शान्ति समितिले जनाएको छ ।
अन्तक्र्रियामा सहभागीले पीडितको पक्षमा काम गर्न र उनीहरुको विश्वास जित्न आयोगलाई सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण