शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखाको सिडियो सरुवामा प्रचण्डको कुनै भूमिका छैनः खड्का

शुक्रबार, २१ फागुन २०७२, १६ : ३०
शुक्रबार, २१ फागुन २०७२

गोरखा– एमाओवादी गोरखाले प्रमुख जिल्ला अधिकारी बलदेब गौतमको सरुवामा पार्टी अध्यक्ष प्रचण्डको कुनै भूमिका नभएको दाबी गरेको छ । एमाओवादी गोरखाका इन्चार्ज चूडामणि खड्काले गौतमको सरुवालाई प्रचण्डसँग जोडिएकोमा आफूहरुको गम्भीर असहमति भएको भन्दै गृहमन्त्रालयले आफ्नो योजनाअनुसार सरुवा गरेको बताए । गृह मन्त्रालयले सिडियोको सरुवा गर्नु सामान्य भएपनि केहि मिडियाले त्यसलाई अनाश्यक रुपमा उछाल्ने काम गरेको उनको आरोप छ । गौतमले गोरखामा आएयता शान्ति सुरक्षालगायतका कामहरु ठीक ढंगले गर्न नसकेको, भुकम्पपछिको राहत तथा पुर्ननिर्माण कार्यक्रमलाई सहि गति दिन नसकेको दाबी गर्दै खड्काले गोरखामा बस्न नै उनमा अरुचि रहेको बताए ।

करिब डेढ महिनाअघि गोरखाको सिडियो बनेर आएका गौतमको प्रचण्ड र उनका सहयोगीलाई रिझाउन नसक्दा सप्तरी सरुवा भएको खबर सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप