शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति भण्डारी र कोश्यारीबीच भेटवार्ता

शुक्रबार, २१ फागुन २०७२, १६ : ३५
शुक्रबार, २१ फागुन २०७२

काठमाडौँ  – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतका उत्तराखण्ड राज्यका पूर्वमुख्य मन्त्री तथा भारतीय लोकसभाका सांसद् भगतसिंह कोश्यारीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा नेपाल र भारतबीच सदियौँदेखि जनस्तरमा रहआिएको सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्धका बारेका कुराकानी भएको थियो ।

दुई देशबीचको सहयोग र हित प्रवद्र्धन गर्दै आपसी सम्बन्धलाई अझै प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जानकारी दिए ।

भेटका क्रममा भारतीय लोकसभामा पश्चिम चम्पारणबाट प्रतिनिधित्व गर्ने सांसद डा सञ्जय जैसवाललगायत नेपाल तथा भारतका उच्च अधिकारीको समेत उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप