शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाई गोठमा प्रचण्ड

शुक्रबार, २१ फागुन २०७२, १६ : ४६
शुक्रबार, २१ फागुन २०७२

पात्लेखेखेते(काभ्रे)–सदरमुकाम धुलिखेलबाट करिब १० किलो मिटर गाडीमा हुईकिँदा पुगिन्छ पात्लेखेतस्थित ‘गौतम श्री अर्गानिक एण्ड काउ फार्म’ मा । १४ करोडको लगानीमा संञ्चालन भएको सो फर्ममा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले उत्पादन ब्रिकेटमा जोड दिदै आर्थिक क्रान्तिमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । पत्लेखेत गाविस वडा नं. ३ मा प्रचण्ड पुग्दा युवा–युवतीहरु गोबर सोहोर्दै थिए । कार्यकर्तालाई गोप्य प्रशिक्षण दिन आईपुगेका प्रचण्ड निकै हतारमा थिए । प्रशिक्षण सकिदा सिमसिमे पानी परि रहेको थियो तर पनि हतार गर्दै थिए । गाडी भकुण्डेबेशीबाट हुईकियो १० मिनेटपछि गाई फर्ममा पुगियो । गाई फर्मको बारेमा प्रचण्डलाई सञ्चालक रामबहादुर गौतमले जानकारी थिएका थिए । सो क्रममा प्रचण्डले आफ्नो पार्टीले ल्याएको उत्पादन ब्रिगेड ठ्याक्कै मेल खायो भन्दै आर्थिक क्रान्तिमा रुपान्तरण गर्न सकिने आधारहरु नेपालमा धेरै रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप