आइतबारदेखि अनिश्चितकालीन म्यानपावर बन्द
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पर्सी (आईतबार) देखि अनिश्चितकालीन म्यानपावर बन्द गर्ने जनाएको छ । म्यानपावरमा प्रहरीले केहि दिन पहिले छापा हानेसँगै विरोधमा उत्रिएको संघले आइतबारदेखि अनिश्चितकालका लागि म्यानपावर बन्द गर्न लागेको संघका अध्यक्ष विमल ढकालले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘व्यवसायलाई व्यबस्थित गराउने बहानामा राज्यका केही अंगले अधिकार क्षेत्र भन्दा बाहिर गएर ईजाजतपत्र प्राप्त संस्थामा छापा हान्ने र त्यहाँ भएका कम्प्यूटर र अन्य कागजपत्र बलजफती जफत गरी कम्पनी सञ्चालक र कार्यरत कर्मचारीहरुलाई गैर कानुनी रुपमाथुनामा राख्ने गरिएको कार्य बाट सम्पूर्ण व्यवसायी आतंकितभएका छौ र अधिकारनै नभएका राज्यकाअंगले राज्यआतंक फैलाउने यो कार्य बाट व्यवसाय सञ्चालनगर्न नसक्ने अबस्थामा पुगेका छौ । त्यसैले यस व्यवसायलाई व्यबस्थित र मार्यादित गराउने गरी कोही कसैले गैर कानुनीकाम गरेको छ भने अधिकार प्राप्त निकायले मात्र छानबिन गरी कारबाही गर्ने, बिदेश जाने नेपालीदाजुभाई÷दिदिबहिनीहरु सस्तो र सुलभतरिकाले विदेश जानपाउने अबस्था श्रृजना गर्ने र सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु निर्भयतापुर्वक सँग कार्यालय खोलेर कामगर्न पाउने अबस्था श्रृजनागर्नको लागी सरकार सँग छलफल गरी निर्णायक निष्कर्षमापुर्याउनको विकल्प नरहेको हुदाँ वाध्यतापुर्वक सम्पूर्ण कार्यालय गरिएको छ’, विज्ञप्तीमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण