सुदूरपश्चिमका १५ आंगिक क्यापसका प्रमुखद्वारा प्रचण्डसँग भेट
काठमाडौं– सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आंगिक क्याम्पसका क्याम्पस प्रमुख र क्याम्पस संचालक समितिका अध्यक्षहरुले सामुहिक भेट गरी क्याम्पस सञ्चालनका लागि पहल गरिदिन एमाओवादी अध्यक्ष प्रचण्डसँग अनुरोध गरेका छन् । १५ वटा आंगिक क्याम्पसका ४४४ वटा दरबन्दीहरु स्वीकृती गरी कार्यान्वयन गराउन पहल गरिदिन अध्यक्ष प्रचण्ड समक्ष माग गरेका हुन् ।
अध्यक्ष प्रचण्डले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्न ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै उहाँहरुको माग जायज रहेको बताए । अध्यक्षले प्रचण्डले सबै प्रक्रिया पुरा भईसकेको सन्दर्भमा पनि क्याम्पस सञ्चलनमा समस्या नहुनु पर्ने बताउनु बताए ।
सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको तेस्रो सभाबाट सुदूरपश्चिममाञ्चलका नौ वटै जिल्लाहरुबाट १५ वटा सामुदायिक क्याम्पसहरुलाई आंगिक बनाउने निर्णय भईसकेको छ ।
जनसहभागितामा संचालित उक्त सामुदायिक क्याम्पसमा सुदूरपश्चिममाञ्चल क्षेत्रका ८० प्रतिशत विद्यार्थीहरु अध्ययनरत छन् । आंगिक क्याम्पसहरुको अनिवार्यतालाई मध्यनजरमा राखी उक्त १५ वटा क्याम्पसहरुमालाई आवस्यक रहेका ४४४ वटा दरबन्दी शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट पनि स्वीकृत भईसकेका छन् । अहिले अर्थ मन्त्रालयले बजेट नदिँदा आफूहरुले अध्यक्ष प्रचण्डलाई सोको पहल गर्न अनुरोध गर्नुपरेको उनीहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण