शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बन्दसत्र छाडेर धमाधम भोट माग्दै कांग्रेस नेताहरु

शुक्रबार, २१ फागुन २०७२, १७ : १७
शुक्रबार, २१ फागुन २०७२
काठमाडौं– नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डमा जारी छ ।निर्धारित समयभन्दा निकै ढिलागरी शुरु भएको बन्दसत्रमा कार्यबाहक सभापती रामचन्द्र पौडेलले निती तथा कार्यक्रम पेश गरिसकेका छन् । अहिले महमन्त्री प्रकाशमान सिंहले सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन् । भृकुटीमण्डस्थित हलमा जारी बन्दसत्रप्रति कांग्रेस नेता कार्यकर्ताको त्यति क्रेज देखिएको छैन । ठुला नेता बन्दसत्रको हलमा आरामले बसेपनी दोस्रो तहका नेताहरु भने हलबाहिर भोट माग्नमा व्यस्त छन् । बन्दसत्र चलिरहेको हल बाहिर भेटिएका कांग्रेस नेता रमेश लेखक आफ्नो क्षेत्रका एकजनाको कार्डमा समस्या देखिएकाले निस्केको भन्दै भोट मागिरहेका छन् । ‘एकजनाको कार्ड मिसिङ भएछ’ लेखकले भने, ‘त्यसैले बाहिर आएको अब भित्र जान्छु ।’ त्यस्तै कांग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ पनी कार्यकर्तालाई ‘लहै, मलाई नभुल्नुस्’ भन्दै भोट मागिरहेका छन् । बन्दसत्र शुरु भएको लामो समयसम्म भोट मागिरहेका गगन कुमार थापा भर्खरै हलमा प्रवेश गरेका छन् । गुरुङ,लेखक र थापा प्रनितीधी पात्र मात्र हुन् । हलबाहिर उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताहरु ‘जय नेपाल’को गुञ्जनसँगै भोट मागिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप