नेपाली फुटबल टिम दोहा कतार र सिटी एक्सप्रेसबीच सम्झौता
शुक्रबार, २१ फागुन २०७२, १७ : २२
दोहा कतार–नेपाली फुटबल टिम दोहा कतार र सिटी एक्सप्रेसबीच दोहाको क्राउन प्लाजा होटलमा आयोजित एक कार्यक्रमका बीच सम्झौता भएको छ । नेपाली फुटबल टिम दोहा कतारका अध्यक्ष सञ्जीव रानाभाट र सिटी एक्सप्रेस मध्यपुर्वका बजार प्रवन्धक सानले सो अवसरमा नेपाली फुटबल टिम दोहा कतार र सिटी एक्सप्रेसको लोगो भएको टिसर्ट संयुक्त रुपमा प्रदर्शन गरेका थिए ।
सम्झौता घोषणा संगै कतारमा हुने यस बर्षका चरणबद्ध सामुदायिक फुटबल खेलका अवधिभरि सिटी एक्सप्रेस कतारले सहकार्य गरी नेपाली फुटबल टिमलाई सहयोग गर्ने भएको छ ।
सो पत्रकार सम्मेलन तथा सम्झौता कार्यक्रममा कतार फुटबल एसोसिएसन तथा एसियन कम्युनिटी टुर्नामेन्टका आयोजक ओथमनको पनि समुपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाली फुटबल टिम दोहा कतारका अध्यक्ष रानाभाटले नेपाली फुटबल टिम कतारमा स्थापना भएयताका सम्पूर्ण गतिविधी सहितको प्रतिवेदन स्लाईड सो मार्फत उपस्थित सबैलाई जानकारी गराएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाली फुटबल टिमका उपाध्यक्ष राजन श्रेष्ठले दिएका थिए भने कार्यक्रममा गैरआवासीय नेपाली संघ र्आसिसि सदस्य टिबी कार्की, एनसिसि कतारका अध्यक्ष विनेश तामाङ, नेपाल पत्रकार महासंघ दोहा कतारका सभापति गणेश बन्जाडे तथा कतारका विभिन्न सामाजिक तथा बैचारिक संस्थाका प्रतिनिधिहरुले नेपाली फुटबल टिमले खेलको माध्यमबाट विदेशमा देश चिनाउन गरेको पहलकदमीको स्वागत गर्दै धन्यवाद प्रकट गरेका थिए ।
पत्रकार सम्मेलनको समयमा पत्रकारहरुले टिम र खेलाडीसंग प्रश्नहरु राखेका थिए भने प्रश्न माथि अधक्ष्य रानाभाट तथा टिम प्रशिक्षक संजीव वाइवाले जिज्ञासा मेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण