इन्टरनेसनल डेभलपमेन्ट बैङ्क छैटौं साधारणसभा सम्पन्न
काठमाडौं–इन्टरनेसनल डेभलपमेन्ट बैङ्क लिमिटेडको छैठौं वार्षिक साधारण सभा बिहिबार नयाँ बानेश्वर काठमाडौं स्थित ईन्द्रेणी कम्प्लेक्समा सम्पन्न भएको छ । साधारण सभाको अध्यक्षता बैङ्कको सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद भट्टज्यूले गरेका थिए ।
उक्त साधारण सभाले सेयरधनीहरूलाई ९.५% बोनस सेयर र कर प्रयोजनका लागि ०.५% नगद लाभांश गरी १०% प्रतिफल दिने प्रस्ताव पारित गरेको छ । राष्ट्रियस्तरको विकास बैङ्कको रुपमा नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमती प्राप्त गरेको इन्टरनेसनल डेभपलपेन्ट बैङ्क लिमिटेडको अधिकृत पूँजी २ अर्ब र चुक्ता पूँजी रु. ७०.४ करोड रहेकोमा बोनस सेयर जारी भएपश्चात् बैङ्कको कुल चुक्त पूँजी रू ७७.०९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक बाट जारी एकीकृत निर्देशन, २०७२ को निर्देशन नं १० को बुदाँ नं. १५ वमोजिम बैंकको हाल कायम रहेको संस्थापक समूहको शेयर स्वामित्व ७०% लाई ५१% र सर्वसाधारण समूहको शेयर स्वामित्व ३०% लाई ४९% प्रतिशत कायम गर्ने सम्बन्धमा बैंकको छैठौं वार्षिक साधारण सभाबाट सोहि बमोजिम रहने गरी पारित गरिएको छ । यस बैङ्कको यहि पौष मसान्त सम्ममा निक्षेप सकंलन रु ५ अर्ब २९ करोड र कर्जा लगानी रु ४ अर्ब ६३ करोड रहेको छ । बैङ्कले काठमाडौं उपत्यका भित्र र देशका विभिन्न स्थानहरुमा गरी कुल १४ वटा शाखा कार्यालयहरु र १३ वटा एटिएमबाट बैङ्किङ सेवा सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण