शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कलर्स मोबाइलको एक्स फ्याक्टर प्राइड पि १० बजारमा

शुक्रबार, २१ फागुन २०७२, १७ : २८
शुक्रबार, २१ फागुन २०७२
काठमाडौं–कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिजमा नयाँ प्रारम्भिक स्मार्ट फोन पि १० पेश गरेको छ । शुरुवाती स्तरको स्मार्ट फोनलाई प्रतिनिधित्व गर्ने यो सिरिजले पहिलो पटक स्मार्ट फोन प्रयोग गर्नेहरुलाई लक्षित गरेको छ र यो फोन बजेट सुहाउँदो हुनाको साथै धेरै विशेषताहरुले भरिएको छ भनें यसले जिन्दगीलाई सजिलो पनि बनाइदिन्छ । कलर्स एक्स फ्याक्टर पि १० मा ४ इन्चको डब्लुभिजिए स्क्रिन जसमा ४८० बाई ८०० को रिजोलुसन र उत्कृष्ट का्र्य क्षमताका लागि १ गेगाहर्जको डीवल कोर प्रोसेसर रहेको छ । यसै गरी ३.२ मेगापिक्सलको पृष्ठ क्यामरा, एवं १५०० एमएएच लि–आयोन ब्याट्री पनि यस फोनमा जडित छन् । यसका अतिरिक्त यस फोनमा एण्ड्रोइड किटक्याट ४.४.२ संचालन प्रणाली, ५१२ एमबि रोम प्लस २५६ एमबि ¥याम जुन ३२ जिबीसम्म विस्तार गर्न सकिन्छ । यी सम्पूर्ण विशेषताहरुयुक्त यो फोनको बजार मुल्य ४,७३५ रुपैंया कायम गरिएको छ । “यो सिरिजसँगैं हाम्रो मुख्य लक्ष्य भनेको बार फोनका प्रयोगकर्ताहरुलाई स्मार्ट फोनमा अद्यावधिक गर्नु हो र सुलभ मुल्यमा स्मार्ट फोन उपलब्ध गराएर यसको प्रयोग व्यापक बनाउनु पनि हो ।” कलर्स मोबाइलका मार्केटिङ म्यानेजर राज जंग थापाले बताए । कलर्स मोबाइललाई औपचारिक रुपमा टेलिटक प्रा.लि.ले सन् २००९ देखि नेपालमा बिक्री वितरण प्रारम्भ गरेको थियो । तबदेखि नै ब्राण्डले सबै प्रतिस्पर्धामा अग्रता हासिल गर्दै नेपालको सर्वाधिक लोकप्रिय मोबाइल ब्राण्ड बन्न सफल हुँदै आएको छ । हाल नेपालमा कलर्स मोबाइल प्रयोगकर्ताहरुको संख्या २० लाख रहेको छ र विश्वका अन्य मुलुकहरुमा पनि यसले आफ्नो ग्राहक बढाउँदै लगिरहेको छ । कलर्सका उत्पादनहरु सम्भव भएसम्म उत्कृष्ट मुल्यमा अत्याधुनिक प्रविधिका साथ उपलब्ध भैरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप