शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

शुक्रबार, २१ फागुन २०७२, १७ : ३३
शुक्रबार, २१ फागुन २०७२
पोखरा –पोखराको नयाँवजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रवारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ सुरु भएको छ । लगानीको सम्वद्र्धन उद्योग व्यवसायको प्रवर्धन भन्ने मूल उदेश्यका साथ मेला सुरु भएको हो । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको सो मेला आगामी चैत्र १ गतेसम्म संञ्चालन हुने आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । मेलाको डोममा क्यान इन्फोटेक मेला पनि सुरु गरिएको छ । ईन्फोटेक मेला भित्र कम्प्युटर संवन्धि विभिन्न सूचना र प्रविधीवारे जानकारी लिन र कम्प्युटर खरिद विक्री गर्न पाईने क्यान महासंघ कास्कीका अध्यक्ष चिन्तामणि वास्तोलाले जानकारी दिएका छन् । सो मेलाको उद्घाटन गर्दै नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले ग्रेटर पोखरा निर्माणको लागि यो क्षेत्रमा चक्रपथ आवस्यक भएको वताए । उनले पोखरा विगतको तुलनामा ठूलो जनसंख्या भएकोले यसलाई वरिपरिका डाँडाकाँडावाट चक्रपथको सञ्जालले जोड्नु पर्ने वताए । पोखराका प्राकृतिक सुन्दरताको रुपमा रहेका यहाँका ताल तलैया अतिक्रमणवाट रोक्नु पर्ने वताए । यहाँका ताल तलैया रोक्ने काम सरकारको नभई यहाँको स्थानीय सरकार र सरोकारवालाको दायित्व भएको वताए । उनले मेला महोत्सववाट देशको अर्थतन्त्र चलायमान हुने वताउँदै उठेको रकम सही स्थानमा प्रयोग गर्न यहाँका व्यापारीहरुलाई सुझाव दिए । कतिपय मेला महोत्सवमा उठेको रकम आयोजकहरुले हिना मिना गरेका उदाहरण देशमा धेरै भएको भन्दै अर्थमन्त्री पौडेलले जनताको टिकटवाट उठाएको रकम हिनामिना हुनवाट वचाउनु पर्ने वताए । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको हाल कायम रहेको धावन मार्ग २५ सय मिटरवाट वढाएर ३ हजार मिटर वनाउनु पर्ने उनको भनाई छ । दीर्घकालिन योजना तर्जुमा गर्दा भविश्यलाई हेरिएन भने पछि दुख पाईन्छ भन्दै उनले यसको वारेमा पनि तत्काल सोच्न संवन्धित निकायलाई उनले आग्रह गरे । पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र आवस्यक रहेको वताउँदै अर्थमन्त्री पौडेलले सार्क मन्त्री स्तरीय सम्मेलन हुन लागेको पोखरामा होटल चाहर्दै हिड्नु पर्ने अवस्था आएकोले आगामी दिनमा सो अन्त्य गरिनु पर्ने वताए । सरकार कै संलग्नतामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र वनेपछि जस्तै सम्मेलन गर्न पनि पोखरामा सहज हुने उनको भनाई छ । अर्थमन्त्री पौडेलले नेपालको संविधान विश्व कै उन्नत संविधान भएकोले यसको कार्यान्वयन नै आजको आवस्यकता भएको वताए । उनले काठमाण्डौ पोखरा लुम्विनी रेलमार्गको अभ्यास वारे सरकारले अध्ययन गरिरहेको वताउँदै आगामी दिनमा त्यस तर्फ सरकारको ध्यान केन्द्रीत हुने वताए । उनले भूकम्प र सीमा अवरोधले थला परको देशमा जलविद्युतमा लगानी, भ्रष्टाचार नियन्त्रण, खुकुलो कर नीति निर्माण लगायतका क्षेत्रमा सरकारको ध्यान केन्द्रीत भएको वताए । उनले कास्की मानव जीवनमा प्लाष्टिकको झोला अति नै हानिकारक भएकोले छिट्टै कास्की जिल्लालाई प्लाष्टिक झोला मुक्त जिल्ला वनाउन आग्रह समेत गरे । संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष आनन्दराज मुल्मी, सभासद रवीन्द्र अधिकारी र महासचिव रविन्सन प्रजुले आ आफ्ना भनाई राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप