शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस शीर्ष नेताद्वारा सञ्चार केन्द्रको निरीक्षण

शुक्रबार, २१ फागुन २०७२, १७ : ४१
शुक्रबार, २१ फागुन २०७२
काठमाडौँ– नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले भृकुटीमण्डपस्थित सञ्चार केन्द्रको आज निरीक्षण गरे । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबारेका समाचार सम्प्रेषणका लागि स्थापना गरिएको सो केन्द्रको नेका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले समेत निरीक्षण गरेका थिए । साथै उनीहरुले भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्र तयारीका सम्बन्धमा जानकारी लिनुका साथै बन्दसत्र बाहिर रहेका कार्यकर्ता तथा पार्टीका शुभेच्छुकसँग समेत भेटघाट गरेका थिए । सञ्चार केन्द्रको निरीक्षणका क्रममा पार्टी कार्यवाहक सभापति पौडेलले लोकतन्त्रको स्थायित्वमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गरे । महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधिलाई सम्पे्रषण गरिदिन पनि उनले प्रेस जगत्लाई आग्रह गरे। उनका अनुसार महाधिवेशनमा आज आफूले पेस गर्ने नीति तथा कार्यक्रमको मस्यौदामाथि महाधिवेशन प्रतिनिधिले राखेको सुझावका आधारमा त्यसलाई संशोधनसहित पारित गरिने छ । वरिष्ठ नेता देउवाले विगतमा आफ्नो नेतृत्वमा गठित सरकारले लोककल्याणकारी विज्ञापन रकममा बढोत्तरी गरेको बताए । प्रचार विभाग प्रमुख रिजालले काँग्रेस अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका लागि सधैँ लडिरहने पार्टी भएको बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप