शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुर जिविसको कुल बजेट २ अर्ब ८७ करोड

शुक्रबार, २१ फागुन २०७२, १७ : ५०
शुक्रबार, २१ फागुन २०७२
भक्तपुर – जिल्ला विकाश समिति भक्तपुरले २८ औ जिल्ला परिषदको निर्णय शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनीक गरेको छ । भक्तपुर आव २०७२ /७३  का लागि जिल्ला विकास समिति, भक्तपुरको कुल बजेट रु २ अर्ब ८७ करोड ५६ लाख ३६ हजार हुने भएको छ । जिविसद्वारा आयोजित २७ औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरणमा कुल बजेटमध्ये आन्तरिक आयतर्फ रु ५ करोड ११ लाख १६ हजार रहेको स्थानीय विकास अधिकारी धुर्वप्रसाद कोइरालाले बताए । नेपाल सरकारबाट प्राप्त अनुदान रु १९ करोड २९ लाख ४३ हजार रहेको छ । कुल बजेटमध्ये चालुतर्फ रु ३करोड ३६ लाख १७ हजार र पुँजीगततर्फ रु २१ करोड ४ लाख ९९ हजार प्रस्तावित गरिएको छ । प्रस्तावित बजेटको १३ दशमलव ७७ प्रतिशत चालु बजेट र ८६ दशमलव २३ प्रतिशत पुँजीगत बजेट रहेको स्थानीय विकाश अधिकारी कोइरालाले जानकारी दिएका छन् । यसैगरी, आव २०७३÷७४ को बजेट तर्जुमा गर्दा विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको छ । उक्त बजेटले भूकम्पपछिको पुनःनिर्माण, विपद् न्यूनीकरण, कृषि क्षेत्रमा हुने विषादी प्रयोग शुन्यमा लागे लगायतका विभिन्न योजना बजेटको प्राथमिकता रहेको छ । कार्यक्रममा स्थानिय विकाश राज्य मन्त्री कुन्ती शाही, भुमिसुधार राज्य मन्त्री दिनेश श्रेष्ठ, सासद केदार संञ्जेल, अनुराधा थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल लगायतले भक्तपुरलाई पर्यटकहरुको मुख्य गन्तव्य बनाउन पहल गनु पर्ने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप