शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्तमान सरकार इतिहासकै लाचार र कमजोरः माओवादी नेतृ भुजेल

शुक्रबार, २१ फागुन २०७२, १८ : २९
शुक्रबार, २१ फागुन २०७२

काठमाडौं–विप्लव नेतृत्वको नेकपा माओवादीकी पोलिटब्युरो सदस्य उमा भुजेलले जनताको समस्या हल गर्न नसक्ने र विदेशी हस्तक्षेपको प्रतिकार पनि गर्न नसक्ने वर्तमान केपि ओलि नेतृत्वको सरकार इतिहासकै सबभन्दा कमजोर र लाचार सरकार रहेको आरोप लगाएकि छन् । अखिल नेपाल मसहला संघ क्रान्तिकारीले शुक्रबार राजधानीको संबाद डबलीमा १ सय ६ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको पुर्बसन्धामा आयोजना गरेको अन्तरक्रिया कार्यमा नेतृ भुजेलले महिलाका अधिकार प्रात्तीका लागि सबैएकजुट हुनुपर्ने समेत बताइन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै उत्पीडित महिलाको मुक्तीका निम्ती बिभिन्न राजनितीक बिचार धारामा बिभाजित महिलाहरु एकजुट हुन आबश्यक रहेकोे बताइन् । उनले जनयुद्धमा आफुहरुले जनमुक्ति सेना , सत्ता ,संगठन र निती निमार्णका तह सम्म समान रुपले महिला सहभागिता गराएर उदाहरण पेश गरीसकेको पनि बताईन् । त्यसबेला नेपाली महिला मुक्तिका लागि मात्र नलडेर विश्भरका उत्पीडित महिलाको उर्जा र अनुकरणीय बन्न सफल भएपनि शान्ति प्रक्रिया पछि तत्कलिन नेतृत्वको गद्धारिको कारण आफुहरुले उठाएका मुद्धाहरु स्थापित गर्न नसकेको प्रति आक्रोश व्यक्त गरिन् । अहिलेको सत्ता दलाल पुजिपुतको हातमा रहेकाले यसबाट महिला मुक्तिको अपेक्षा गर्न नसकिने बरु यस विरुद्ध संघर्स र आन्दोलन गरेर महिला स्वयम नीति निमार्णको तहसम्म पुग्नुपर्ने धारणा व्यक्त गरिन् । वर्तमान अवस्थामा महिलाहरुले एक अर्काका समस्या पहिचान गर्न नसक्दा थप समस्या बढ्दै जानु र महिलाहरु थप संकटमा पुग्ने दाबी गरिन् ।

अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष बन्धु चन्दले जनयुद्धमा महिला मुक्तिका लागि स्थापित मुल्य मान्यतालाई फेरि ब्यँुताउन आवाश्यक भएको बताईन् । एमाले निकट अखिल नेपाल महिला संघकी कार्यबाहक अध्यक्ष गोमा देबकोटाले आफु लामो समय देखी महिला हक अधिकार बिषयमा लडिरहेको बताइन् ।

यस्तै नयाँ शक्ति नेपालकी अभियन्ता कल्पना धमालाले नारी दिवशलाई औपचारिकतामा मात्र सिमित राख्ने भन्दा पनि त्यसको व्यबहारिक पक्षलाई पनि जोड दिनुपर्नेे बताइन् । यस्तै राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष मनु हुमागाइले ‘लैङगिक समानाताका लागि पाइला हाराहारी , सन २०३०सम्म हिस्सा बराबरी’ भन्ने अन्तराष्ट्रिय श्रमिक महिलाहरुको हक सुनिश्चित गर्ने अन्तराष्ट्रिय नारा नेपालमा पनि लागु गर्नुपर्नेे बताइन् । त्यसैगरी नेकपा (क्रान्तिकी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य कमला राईले महिलाहरुले आफ्नो अधिकारका निम्ति सम्झौता गर्न नहुने बताईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप