काँग्रेस महाधिवेशन : प्रेस पासमा पनि गुटको राजनीति
काठमाडौ – काँग्रेस महाधिवेशनमा रिपोर्टिङ्ग गर्न जाने पत्रकारलाई दिने प्रेस सासमा समेत गुटको राजनीति भएपछि मिनेन्द्र रीजालले हस्तक्षेप गरेका छन् । मिडिया सेन्टरमा हावी रहेका समुहले कार्ड वितरणमा गुटको राजनीति गरेपछि मिनेन्द्र रिजालले हस्तक्षेप गरेका हुन् । मिडिया सेण्टरका संयोजक कविर राणाको हस्ताक्षर भएको पास लिएर मात्रै महाधिवेशनस्थलमा छिर्न पाउने व्यवस्था गरिएकोमा धेरै पत्रकारलाई उनले पास दिएका थिएनन् । आफू निकटका गुटमा मान्छेलाई मात्रै पत्रकार भनेर कार्ड बाँडेको तर वास्तविक पत्रकार रिपोटिङ्गबाटै बञ्चित भएको गुनासो आएपछि रिजालले सूचना विभागको कार्ड भएका पत्रकारलाई प्रवेश दिने व्यवस्था गरेका हुन् ।
यो व्यवस्थापछि अव पत्रकारलाई काँग्रेसको प्रवेश पास आवश्यक नपर्ने भएको छ । प्रेस यूनियनका एक पदाधिकारीका अनुसार पत्रकारलाई दिईने पासमा गुटको राजनीति गरेको भनेर चर्को आलोचना भएको थियो । ‘मिडिया सेण्टरमा रामचन्द्र गुटका मान्छेले कार्यकर्तालाई पनि प्रेस पास बाँडेकोले यूनियनभित्रकै साथीहरुको चर्को बिबाद भएपछि अव सूचना विभागको कार्डका आधारमा प्रवेश गर्ने व्यवस्था गरिएको छ,’ ति पदाधिकारले भने । प्रवेश पासको व्यवस्था गरीएपनि पत्रकारहरुलाई आवस्यकता अनुसार पास नदिएकोले धेरै पत्रकारले प्रवेश गर्न नपाएको गुनासो गरेका थिए । उनीहरुले अव्यवस्थित व्यवस्थापनका कारण यो समस्या आएको भन्दै प्रचार प्रसार समितिका संयोजक रिजाल र काँग्रेस नेताहरुलाई गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण