कांग्रेस महाधिवेशनपछि राष्ट्रिय सरकारः प्रधानमन्त्री ओली
नुवाकोट – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार परिवर्तन नहुने तर, विस्तार हुने दाबी गरेका छन् । कांग्रेसको महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आउने दावी गर्दै ओलीले अहिलेकै सरकारले अब राष्ट्रिय सरकारको स्वरुप लिने बताएका हुन् । नेकपा एमाले नुवाकोटको छैठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै शुक्रवार प्रधानमन्त्री ओलीले कांग्रेस पनि सरकारमा आउने भन्दै त्यो उसको लागी अवसर र बाध्यता दुवै हुने समेत बताए । ‘कतिपयले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला चलाएको सुन्छु, ओलीले सरकार परिवर्तन नभई विस्तार हुने कुरामा जोड दिँदै भने, ‘सरकार परिवर्तन हुने अवस्था छैन । यहाँ महत्वपूर्ण विषय संविधानको कार्यान्वयन र भूकम्प र नाकाबन्दीपछि देशले भोगिरहेको पिडालाई जनताबाट बिर्साउने विषय अहिलेकै सरकारको मुख्य जिम्मेवारी हो ।’ नेकपा एमालेका अध्यक्षसमेत अहिले संविधानका पिता भन्नेहरुलाई नै आफ्नो पार्टीले कठालो समातेर संविधान लेख्न लगाएको बताएका छन् । संविधान लेख्दा लेख्दै छाडेर भाग्ने र लेख्दै नमान्नेहरु अहिले आफूलाई संविधान र गणतन्त्रका पिता भन्न रुचाउने गरेको बताए । ‘कोही कोही संविधान लेख्न छाडेर भाग्दै थिए, हामीले कठालो समातेर संविधान लेख्न लगायौँ, प्रधानमन्त्री ओलीले भने– ‘लोकतान्त्रिक संविधान निर्माणमा एमालेको भूमिका सशक्त छ ।’ प्रधानमन्त्री ओलीले संविधान निर्माणमा एमालेको प्रमुख भूमिका नभएको भए देशमा संविधान नै बन्न नसक्नेसमेत दावी गर्दै संविधान संविधान बनेपछि जनताका हक अधिकार स्थापित भएको बताए । प्रधानमन्त्री ओलीले संविधानले जनताका हक अधिकार स्थापित गराएकोले अव देश समृद्धिको बाटोतर्फ अघि बढेको बताए । ‘देश समृद्धिमा हिँडाउने पार्टी नै एमाले हो, प्रम ओलीले भने– अरु दलहरुसँग यस्तो हैसियत छैन ।’ उहाँले राजनीति र देशमा एमालेले जे भन्छ त्यही लागू हुने, देश र जनताको निम्ति एमालेको निति प्रभावकारी रहेको बताउँद देशको आर्थिक विकास र समृद्धिको लागि एमालेले जे भन्छ त्यो पूरा गरेरै छाड्ने बताए । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले गुटगुपगुटबाट माथि उठेर कार्यकर्ताको भावना अनुसार एमालेलाई सशक्त पार्टीको रूपमा उभ्याउन सुझाव दिए । ोकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा नेकपा एमाले नुवाकोटको संगठन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने युवराज कार्की, सुरेश कार्की, नरनाथ लुइटेल, महेन्द्रबहादुर पाण्डे, राजेन्द्रप्रकाश लोहनी, गोविन्द नेपालीलगायतलाई सम्मान गरिएको थियो । एमाले अधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनमा नेतृत्वका लागि ओली र माधव कुमार नेपाल गुटका आकाँक्षीहरुबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण