सुरक्षाको ग्यारेन्टी नपाए पाकिस्तानले टी–२० विश्वकप नखेल्ने
कराँची – पाकिस्तानी क्रिकेट बोर्डले सुरक्षाको पूर्ण ग्यारेन्टी नपाएसम्म आफ्नो टोलीलाई भारतमा टी–२० विश्वकप खेल्न नपठाउने चेतावनी दिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख सहर्यार खानले भारतलाई पाकिस्तानको सहभागिताका लागि भारतले पूर्ण सुरक्षाको ग्यारेन्टी दिनुपर्ने बताएका छन् । यसअघि पाकिस्तान सरकारले भारतमा क्रिकेट खेल्नका लागि पाकिस्तानी क्रिकेट बोर्डलाई अनुमति दिएको थियो । तर पूर्ण सुरक्षाको ग्यारेन्टी नपाएसम्मका लागि भ्रमण थाँती नै राख्ने पिसीबीले जनाएको छ । हिमान्चल राज्यका मूख्य मन्त्री विरभद्र सिंहले राज्य सरकारलाई धर्मशालामा मार्च २९ मा हुने भारत–पाकिस्तानबीचको खेल आयोजना गर्न सुरक्षा सम्बन्धि चुनौती रहेको बताएपछि पिसीबीको यस्तो चेतावनी सार्वजनिक भएको हो । ‘हाम्रो ध्यान पाकिस्तानी टोलीमाथि हुने खतरामा छ । पाकिस्तानलाई लिएर धम्कीहरु आइरहेका छन् । अहिले हिमान्चल प्रदेशका मूख्यमन्त्रीले नै सुरक्षाको ग्यारेन्टी दिन नसक्ने बताएका छन् । हामीले दैनिक रुपमा आएका यस्ता धम्कीका सम्बन्धमा दैनिक रुपमा जानकारी गराएका छौ । हामीलाई यसरी खेल्नमा उर्जा छैन् ।’– लाहोस्थित गद्धाफी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सहर्यारले भनेका छन् । ‘हाम्रो सरकारले अनुमति दिइसकेको छ । तर पछिल्लो समय आएका धम्कीहरुलाई गम्भिरतापूर्वक लिनुपर्छ । शिवसेनाजस्ता राजनैतिक पार्टीले हामीलाई धम्क्याएका छन् । अहिले कांगेस समेतले हामीलाई खेल्न नदिने बताइरहेको छ । अन्य साना समूहले पनि यस्तै भन्दैछन् ।’– उनले भनेका छन् । अहिले उत्तरी राज्य हिमान्चलमा कांग्रेसको सरकार छ । मुख्यमन्त्री वीरेन्द्रसिंहले केन्द्रीय सरकारको गृहमन्त्रालयलाई धर्मशालामा यो खेल खेलाउन नहुने भन्दै पत्र काटेको समाचार बाहिर आएपछि पाकिस्तानले सुरक्षाको पूर्ण ग्यारेन्टी मागेको हो । वीरेन्द्रले यसअघि पठानकोटमा भएको आतंककारी हमालापछि हिमान्चलमा जनताको मन जित्न यस्तो काम गरेको अनुमान लगाइएको छ । पठानकोट पाकिस्तानको सिमा नजिक पर्छ । यो भारतको पन्जाव, हिमान्चल प्रदेश र जम्मू–काश्मिर राज्यको सिमाना समेत हो । ‘हामीले आईसीसीलाई के भनेका छौ भने भारतीय सरकारले सार्वजनिक रुपमा विज्ञप्ती निकाल्दै पाकिस्तानलाई स्वागत गर्न र टोलीलाई पूर्ण सुरक्षाको ग्यारेन्टी दिन उनीहरु तयार रहेको जनाउनुपर्छ । अहिलेसम्म त्यस्तो विज्ञप्ती आएको छैन ।’– सहर्यारले भनेका छन् । ‘हामीलाई भ्रमणका लागि सरकारले अनुमति दिइसकेको छ । तर हामी सुरक्षाको ग्यारेन्टी चाहन्छौ । मैले यस विषयमा बिसिसीआईसँग पनि कुराकानी गरे । उनीहरुले हामीलाई आफ्नो तर्फबाट विश्वास दिलाउन खोजे र यो उनीहरुको आन्तरिक राजनिति भएको भन्दै पाकिस्तान आउनुपर्ने बताए । तर विज्ञप्ती महत्वपूर्ण छ । विज्ञप्ती आएन भने हामी अन्तिम समयमा पनि प्रतियोगिता त्याग्न सक्छौ ।’ अहिले पाकिस्तानी टोली एशिया कप खेल्ने क्रममा बंगलादेशमा छ । पाकिस्तान प्रतियागिताको फाइनलमा छनोट हुन असफल भइसकेको छ । टोली मार्च ५ मा पाकिस्तान फर्कनेछ । पाकिस्तानमा आन्तरिक मामिलामन्त्री नसिर अलि खानले सहर्यारसँग छलफल गरेपछि मात्रै भ्रमणका विषयमा प्रधानमन्त्रीलाई औपचारिक जानकारी गराउने बताएका छन् ।
धर्मशालाको विकल्प छैन– अनुराग ठाकूर ( महासचिव, भारतीय क्रिकेट बोर्ड)
भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) का महासचिव अनुराग ठाकूर भारत र पाकिस्तानबीचको खेल मार्च १९ मा धर्मशालामै हुनेमा विश्वस्त छन् । उनले हिमान्चलका मूख्यमन्त्री वीरेन्द्रसिंहले बुधबार सुरक्षा स्थितीका सम्बन्धमा विश्वस्त रहन भन्दै प्रतियोगितालाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी गराएको बताए । पठानकोटमा आतंककारीसँग भिड्दा ज्यान गुमाएका तथा विगतमा जम्मू–काश्मिरमा ज्यान गुमाएका सहिदका परिवारसँग कुराकानी गरेर उनीहरुलाई विश्वस्त तुल्याउने आश्वासन वीरेन्द्रसिंहले दिएको ठाकूरको दाबी छ । उनले राजनीतिलाई खेलकुदसँग जोड्न नमिल्ने समेत बताएका छन् । यसअघि गृहमन्त्रलाई सुरक्षाको ग्यारेन्टी दिन नसक्ने भन्दै वीरेन्द्रसिंहले पत्राचार गरेको जानकारी पाएपछि त्यस विषयमा उनीसँग कुराकानी भएको ठाकूरले बताएका छन् । ‘यदी राज्यमा सुरक्षाकर्मीको अभाव छ भने तपाईले केन्द्रिय सरकारसँग सहयोग माग्न सक्नुहुन्छ भनेर मैले उहाँलाई सुझाएको थिए । तर उहाँले राज्यसँग पर्याप्त सुरक्षाकर्मी रहेको बताउनुभयो ।’– ठाकूरले भनेका छन् । ठाकूरले बिसीसीआईसँग यस खेलका लागि अर्को छुट्टै योजना वा स्थान नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्–‘ प्लान बी छैन् । अन्तिम समयमा परिवर्तन गर्नु सहज होइन ।’ पठानकोटमा भएको आक्रमणमा पाकिस्तानी आतंककारीको संलग्नता रहेको भन्दै हिमान्चलका जनता पाकिस्तानसँग रुष्ट देखिएका छन् । शिवसेना लगायतका भारतका उग्रवादी पार्टीहरुले पाकिस्तानी कलाकार तथा खेलाडीहरुलाई यसअघि नै भारतमा निषेध गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण