शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऊर्जा सङ्कट समाधानको वैकल्पिक व्यवस्था गरिने – अर्थमन्त्री

शुक्रबार, २१ फागुन २०७२, २० : २५
शुक्रबार, २१ फागुन २०७२

पोखरा - अर्थमन्त्री विष्णु पौडेलले अहिले देशमा देखिएको चरम ऊर्जा सङ्कटको समाधान नगरी आर्थिक समृद्धि र विकास असम्भव भएको बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन भएको राष्ट्यि औद्योगिक व्यापार मेलाको आज उद्घाटन गर्दै मन्त्री पौडेलले बायोग्यास, सौर्य ऊर्जा र साना तथा ठूला जलविद्युत् आयोजना सञ्चालन गरेर ऊर्जा सङ्कटबाट देशलाई छिटो मुक्त पार्न सरकार वैकल्पिक प्रयासका लागि निरन्तर लागेको धारणा राखे।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीनको एक्जिम बैंकसँग ऋण सम्झौता सम्पन्न भएलगत्तै पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने जानकारी गराउँदै उहाँले विमानस्थल निर्माणको लागि बाँकी सबै प्रक्रिया पूरा भएको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले भूकम्प र नाकाबन्दीबाट थलापरेको उद्योग क्षेत्रलाई राहत दिन सरकारले रु एक खर्बको पुनः उद्धारकोष स्थापना गरेको र यसबाट उद्यमीले पुनः उद्धारकर्जा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

व्यवस्थापिका संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखराको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप