कांग्रेस स्वास्थ्य शिविरमा औषधी नै छैन !
काठमाडौं– काँग्रेस महाधिवेशनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर व्यवस्थापन कमाजोरीका कारण फितलो बनेको छ । महाधिवेशन स्थलमा नेपाल स्वास्थ्यकर्मी संघले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर फितलो भएको हो । स्वास्थ्य जाँचका लागि विभिन्न जिल्लाबाट आएका प्रतिनिधी लाईन लागेर बसेपनि बिहान ९ बजेसम्म औषधी आईपुगको छैन । अघिल्लो दिन गणेशमानसिँह मेमोरियल अस्पतालको गाडीमा औषधी राखेर पठाएको भएपनि बिहानसम्म नआएकोले समस्या भएको स्वास्थ्यकर्मी संघका सचिव टिका पनेरुले बताए । शिविरमा औषधी नै नभएकोले समस्या भएको चितवनबाट आएका प्रतिनिधी नरजंग प्रजाले बताए । ‘पेट साह्रै गडबड भएर ग्याष्टीकको औषधी लिन आएको, औषधी नै रहेनछ’ उनले भने । गेटमा सुरक्षा जाँच कडा र गेटबाहिरको भिडभाडका कारण अन्य सवारी साधन खोजेर औषधी ल्याउन नसकिएको उनले बताए । शिवीरमा सवै प्रकारका स्वास्थ्यकर्मी गरी ८/८ जना आउने भनेर भनिएपनि चार जना मात्रै आएका छन् । ‘हिजो पहिलो दिन ४/५ बजेसम्म पास नै दिएनन्’ संस्थाकी उपाध्याक्ष रमिला चौलागाईले भनिन ‘आज यतिबेलासम्म औषधी नै ल्याएको छैन, यस्तो छ अवस्था ।’ औषधी नै नभएपछि अहिले प्रेसर जाँचको काम मात्र भईरहेको छ । शिवीरमा औषधी समयमा नआईपुगेछि स्वास्थ्यकर्मीहरु तनावमा यताउता भौतारीरहेका छन् । ‘अस्पतालको फोन नम्बर पनि छैन, यतिबेलासम्म औषधी पनि ल्याउँदैनन’ पनेरुले भने ‘मान्छेको भिड लागिसक्यो तनाव छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण