कृषि मन्त्रीको बाटो भेडाले छेकेपछि... (फोटोफिचर)
शनिबार, २२ फागुन २०७२, १० : ५८
उदयपुर –शहिद सप्ताहको अन्तिम दिन फागुन २१ गते सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा करिब एक घण्टा कृषि मन्त्री हरिबोल गजुरेल सडक जाममा परे ।
एक लेनको साघुँरो सडकमा मन्त्री गजुरेल अन्य गाडीको कारण जाममा परेका होईनन् । उदयपुरको हर्देनी गाविसको गहुँबारीमा शहिद पार्क तथा अर्धकदको शालिक अनावरण कार्यक्रमबाट फर्कदै गर्दा हर्देनी र लेखानी गाविसको सिमामा भेडाले बाटो छेकेको कारण मन्त्री गजुरेलले एक घण्टा सडकमै विताउनु परेको हो ।मन्त्री बन्दा आफ्नो मन्त्रालय मताहत रहेको भेडाले बाटो छेके पछि स्थानीय पत्रकारहरुले मन्त्रालय फुटाएको विरोधमा भेडाले बाटो छेकेको भन्दै ब्यंग्य समेत गर्न भ्याए । पत्रकारहरुले ब्यंग्य हान्दा मन्त्री मुसुमुसु हासिरहेका थिए ।
जाडोको सिजन सुरुहुनु अघि सोलुखुम्बु, ओखलढुङालगायतका जिल्लाबाट भेडी गोठहरु उदयपुर तर्फ आउने गर्छन् भने जाडो सकिने वित्तिकै फर्काउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण