छुवाछुत मुक्त जिल्लाको लागि आन्दोलन
गुल्मी – एमाओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा गुल्मीले जिल्लालाई छुवाछुत मुक्त जिल्ला घोषणाका लागि संवन्धीत निकायलाई दवाव दिने अन्दोलनको नेतृत्व लिने जनाएको छ । मोर्चाले जिल्ला सम्मेलन तयारीका लागि सदरमुकमा तम्घासमा आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले जोडतोडका साथ यो विषयलाई उठाउने समेत बताएका थिए । एकिकृत नेकपा माओवादीका जिल्ला अधयक्ष सुदर्शन वरालले खुल्ला दिशमुक्त जिल्ला घोषणा गर्ने जिल्ला विकास समितिले किन छुवाछुत मुक्त जिल्ला घोषणा गर्न सक्नैन पनि प्रश्न गरे ।
उनले नयाँ संविधानले जातिय छुवाछुत प्रथा वर्जित गरी सकेको छ भने सरकारी निकाय त्यसको कार्यन्वयनका लागि लाग्दैन भने दलितहरुले ति निकाय घेराउ गरेर पनि कार्यन्वयन गराउनु पर्ने धारणा राखेका थिए ।
‘ कार्यक्रमका प्रमुख अतिथी एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दिनेश पन्थीले पनि अव संविधानबाट प्राप्त अधिकार प्राप्तीका लागि दलित समुदायले हस्तक्षेपकारी भुमिका निभाउनु पर्नेमा जोड दिएका थिए । त्यस्तै प्रशिक्षणका लागि केन्द्रबाट खटिएका ५ नम्वर प्रादेशिक कमिटीका सह–ईन्चार्ज राजेन्द्र बिश्वकर्माले क्रान्तिको भट्टीबाट खारिदै आएको एमाओवादीको दलित संगठन नेपाल राष्ट्रिय मुक्ती मोर्चाले दलितहरुको मुक्ती अन्दोलनको नेतृत्व गर्न अन्य राजनैतिक दलका दलित संगठन संग हातेमालो गरेर अगाडी बढ्न निर्देशन दिएका थिए । बैठकले बैशाख ४ गते दलितहरुको वाहुल्य रहेको गाविस बढागाउँमा भव्य रुपमा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाको जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसका लागि एमाओवादीका जिल्ला सदस्य धर्म बिश्वकर्माको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । समितिले विभिन्न उप समिति समेत गठन गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय मुक्ती मेर्चाकी केन्द्रिय सदस्य उमा बिक, एमाओवादीका जिल्ला कोषाध्यक्ष ज्ञानकुमार बुढा, क्रान्तिकारी पत्रकार संघक केन्द्रिय आयोजक समितिका सदस्य प्रेम सुनार , सोही संगठन पाल्पाका सचिव कृष्ण दर्नाल लगायतको आतित्यता थियो । आयोजक समिति संयोजक धर्म विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा विश्वकर्माको स्वागत मन्तव्य र टिका विश्वकर्माको सञ्चालन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण