मूल्य नपाएको भन्दै कृषी मन्त्रीलाई अदुवा उपहार
उदयपुर –अदुवाको मूल्य कम पाएको भन्दै उदयपुरे कृषकहरुले कृषी मन्त्री हरिवोल गजुरेललाई विक्रि नभएको अदुवा नै मायाको चिनो उपहार दिएका छन् । धान, मकै, गहुँ लगायतका खाद्य बालीको विकल्पमा एक दशक देखि अदुवा खेती गर्दै आएका उदयपुरको पश्चिमी गाविसका स्थानीयले लागत अनुसारको मूल्य नपाएपछि कृषी मन्त्रलाई अदुवा नै दिएर पठाएका हुन् ।
मन्त्री गजुरेल एकीकृत माओवादी निर्वाचन क्षेत्र नं. ३ उदयपुरले हर्देनी गाविसको गहुवारीमा आयोजना गरेको शहिद पार्क तथा अर्धकदको शालिक अनावरणमा सहभागि हुन आएका थिए ।
उदयपुरे कृषकहरुको तर्फबाट उदयपुरका सभासद भेष कुमारी राउतले मन्त्रीलाई अदुवा हस्तान्त्रण गरेकी हुन । कृषकहरुले बिक्रि नभएको अदुवा नै दिए पछि मन्त्री गजुरेलले हर्देनी, लेखानी, सिरिसे, मयाँखुलाई अदुवाको पकेट क्षेत्र घोषणा गर्न कृषि बिशेषज्ञको टोली तत्काल पठाउने बताए । उनले विक्रि नभएको अदुवा भण्डारण गर्न आगामी बर्षको बजेटमा चिस्यान केन्द्र निर्माण गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गजुरेलले गाउँमा रहेका किसानहरुले सरकारी अनुदान र मल नपाउने अवस्थाको अन्त्य गर्न किसान परिचय पत्रको व्यवस्था लागू गर्ने तयारी अन्तीम चरणमा पुगेको जानकारी दिए ।
उनले भने ‘यो योजना मन्त्रिपरिषदको बैठकबाट पास भएर अर्थ मन्त्रालय पुगेको छ आगामी बजेटबाट कार्यान्वयनमा आउने छ ।’ किसानहरुलाई पेन्सनको व्यवस्थाको बारेमा प्रष्ट पार्दै उनले ‘पाँच बर्ष पुगेका किसानहरुलाई आवश्यक प्रमाणको आधारमा स्थानीय निकायबाट परिचय पत्रको व्यवस्थ ागर्ने तयारी समेत भएको छ ।’
एकीकृत माओवादीले मनाएको सहिद सप्ताहाको अन्तिम दिन हर्देनी गाविसको गहुबारीमा स्थापना गरिएको जनयुद्धका छ जना सहिदहरुको शालिक अनावरण तथा शालिकमा माल्यार्पण गरेका थिए । सो अवसरमा सहिद खड्ग बहादुर राउत, प्रेम कुमारी श्रेष्ठ, रिता कुमारी श्रेष्ठ, गीता कुमारी दमाई, लेखबहादुर सुनुवार, डोलराज कोईरालाको बुबा, तथा आमालाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा उदयपुरका सांसद भेषकुमारी राउत, एमाओवादीका उदयपुर अध्यक्ष भिम बहादुर अधिकारी अनिल र क्षेत्र नं. ३ का इन्चार्ज केपी बरालले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण