शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस महाधिवशेन प्रतिनिधिलाई निःशुल्क कपाल काट्ने व्यवस्था

शनिबार, २२ फागुन २०७२, ११ : २३
शनिबार, २२ फागुन २०७२

काठमाडौं– नेपाल नाई संघले काँग्रेस महाधिवेशनमा आएका प्रतिनिधिलाई निःशुल्क दाह्री–कपाल काट्ने व्यवस्था गरेको छ । भृकुटीमण्डप स्थित महाधिवेशन स्थलमा अस्थाई सैलून स्थापना गरेर कपाल काट्ने व्यवस्था गरेको हो । एकपटकमा १० जनाका दरले दाह्री÷कपाल काट्ने व्यवस्था गरीएको संघका अध्यक्ष राजाराम ठाकुरले बताए । ‘पार्टीले आग्रह गरेपछि २० जना नाई राखेर कपाल काट्ने व्यवस्था गरेका हौँ’ उनले भने ‘२० जनाले पालो गरेर एक पटकमा १० जनाको दाह्री कपाल काट्ने व्यवस्था छ ।’ नाईलाई पारीश्रमिक संस्थाले व्यहोर्ने गरी व्यवस्था गरीएको संघका कोषाध्यक्ष श्याम कुमार ठाकुरले बताए । ‘मजदुरको पारीश्रमिक त दिनुपर्यो, फ्रि मा काम गराउने कुरा भएन’ उनले भने ‘त्योसंस्थाले व्यवस्था गर्छौँ ।’ २३ गतेसम्म तीन दिन सञ्चालनका लागि काट्ने व्यवस्था गरीएपनि पहिलो दिन पास नै ढिला उपलब्ध भएकोले आज (शनिबार) बिहानैदेखि व्यवस्था गरीएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप