शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपाधीका लागि पुलिस र मनाङ भिड्दै

शनिबार, २२ फागुन २०७२, ११ : २६
शनिबार, २२ फागुन २०७२
धरान – १८ औं आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको फाइनल खेल शनिबार नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा हुँदैछ । पुलिसको फाइनल यात्रा सातौंपटक हो भने पुलिसले बुढासुब्बाको सर्वाधिक धेरै ४ पटक उचालिसकेको छ । उता मनाङको पनि यो फाइनल यात्रा पाँचौं पटक हो भने दुईपटक उपाधि जितिसकेको छ । पुलिस यो सिजनमा आहा रारा गोल्डकप पोखरा, विराट गोल्डकप विराटनगर र बुढासुब्बा गोल्डकप धरानमा सहभागी भएको थियो । पुलिसले आहा रारा गोल्डकपमा झापा–११ सँग पराजित भएको थियो भने विराट गोल्डकपको उपाधि जितेको छ । यससँगै बुढासुब्बा गोल्डकपको समेत फाइनलमा पुगेको पुलिस उच्च मनोबलका साथ फाइनलमा उत्रने प्रशिक्षक अनन्तराज थापा बताउँछन् । विराट गोल्डकपमा मनाङलाई पहिलो खेलमै पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको पुलिसले गोल्डकपको उपाधि नै उचालेको थियो । उता मनाङ यो सिजनमा दुई उपाधि जितिसकेको छ भने बुढासुब्बाको उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा रहेको छ । मनाङले यस सिजनमा पोखराको आहा रारा गोल्डकप र हेटौंडाको सुमन बम्जन गोल्डकपको उपाधि जितिसकेको छ । मनाङ पुलिसलाई पराजित गर्दै विराट गोल्डकपमा भोगेको पराजयको बदला लिन आतुर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप