लागूऔषधबारे शिक्षा दिन स्कूलमा प्रहरी
सिरहा – उच्च माध्यमकि तहका विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीमा फस्नबाट सचेत बनाउन लहान प्रहरीले विद्यायमा प्रशिक्षण अभियान सञ्चालन गरेको छ । प्रहरीले उच्च माध्यमिक तहका विद्यार्थीलाई लागुऔषध दुव्र्यसन सम्बन्धि प्रशिक्षण अभियान सञ्चालन गरेको हो । प्रहरीले सिराहा को लहान वडा नं.३ स्थित प्यारागन उच्च माध्यमिक विद्यालयमा ८० जना विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी तालिम दिएको छ । लहानका प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदी द्वारा कक्षा ११ र १२ का विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो । सो क्रममा लागु औषधको प्रयोगले मानिसमा पर्ने शारीरिक र मानसिक असरको बारेमा प्रशिक्षण दिइएको थियो । लागु औषधको सेवनले व्यक्ति समाज र राष्ट्रलाई नै असर पर्ने भएकोले यसको अन्त्यका लागि घरपरीवार, समाज र साथीभाईले खेल्नुपर्ने भूमिको बारेमा पनि चर्चा गरीएको थियो । लागु औषध सेवन गर्नेलाई हुने कानुनी कार्वाहीको विषयमा पनि जानकारी गराइएकोले यस किसिमको प्रशिक्षणबाट विद्यार्थीलाई लागुऔषधबाट टाढै बस्न सघाउने प्रहरीको विश्वास छ । लागु पदार्थ सम्बन्धी अभिमुखिकरण कार्यक्रमा ८० जना विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण