शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाजरकोटमा विकासले गति लिन थाल्यो

शनिबार, २२ फागुन २०७२, ११ : ३५
शनिबार, २२ फागुन २०७२

जाजरकोट– विकासको मुलधारमा आउन नसकेको जाजरकोटबाट एमाओवादी नेता शक्तिबहादुर बस्नेत गृहमन्त्री भए लगत्तै जिल्लाका विभिन्न ठाउँमा वषौदेखी अलपत्र परेका विकास निर्माण कामले गति लिन थालेको छ । सल्लीवजार रकम विच जोड्ने भेरीनदिको १२ वर्ष देखी अलपत्र पुल निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ भने सल्लीवजार देखी जाजरकोट हुदै डोल्पा जोड्ने पुल पुलेसाहरु अहिले तीब्र गतिमा निर्माण थालिएको छ । जिल्लाका आन्तरिक रुपमा निर्माण कार्य सुरु भएर विचमै रोकिएका दर्जन वढी ग्रामीण सडक, खानेपानी, स्वास्थ्य संस्थाका भवन, विद्युत लगाएतका दर्जनौ विकास निर्माणका कामले पनि गति लिएको छ । यस्तै जिल्लाका सरकारी कार्यालयको काम काज समेत छिटो छरितो रुपमा भएको स्थानिय सेवाग्राहीहरु वताउछन् । वषौदेखी निर्माण कार्य अलपत्र परेको विद्युतको केन्द्रिय लाईन निर्माण कार्य यसै केही समय अघि गृहमन्त्री सक्तीवहादुर वस्नेतले नै विद्युतको सव स्र्टेशन उद्घाटन गरी सुरु गरेका छन् । जाजरकोट डोल्पा सडक निर्माण कार्य संगै जाजरकोट जुम्ला सडकको कामले समेत तिव्रता पाएको छ । १ भन्दा वढी जिर्ण खानेपानीका आयोजनाहरु र सदरमुकामको वृहत खानेपानीको आयोजना समेत निर्माण कार्य सुरु गरिएको छ । जाजरकोटलाई फाल्गुन २८ गते गृहमन्त्रीको प्रमूख आतिथ्यतामा साक्षर जिल्ला घोषणा गर्न लागिएको छ भने केही समय अघि जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिसकिएको छ । जिल्ला अस्पतालको स्तर उन्नतिका लागी काम अगाढी वढ्नकाु साथै जिल्लाका दुई दुर्गम ठाउँमा १८ वर्ष पछि चिकित्सक पठाएको छ । जाजरकोटको पुर्वक्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागी विशेष योजनाका साथ लागीएको वस्नेतले जानकारी दिए । द्धन्द्धकालमा विस्थापित वनेका प्रहरी चौकीहरु स्थानियको पहलमा धमाधम पुर्णस्थापना संगै भवन निर्माणका लागी निशुल्क जग्गा प्रदान गर्नेको लर्को लागेको छ । नेपाल खाद्य संस्थानलाई प्रभावकारी वनाउदै जिल्लाका ग्रामीण क्षेत्रका स्थानियलाई आवश्यकता अनुसारको खाद्यान्न उपलव्ध गरान निर्देशन दिए लगत्तै खाद्य डिपोमा खाद्यान्न पुगेको छ । प्रत्येक महिना गृहमन्त्री जिल्लामा पुग्दा यो विकासले गति पाएको हो । जिल्लाको शान्ति सुरक्षामा उल्लेखनिय सुधार भएको स्थानियले वताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप