शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ताप्लेजुङका शिक्षण संस्थामा महिलाको पहुँच न्यून

शनिबार, २२ फागुन २०७२, १३ : १६
शनिबार, २२ फागुन २०७२
ताप्लेजुङ - ताप्लेजुङमा शिक्षण संस्थामा महिलाको पहुँच न्यून रहेको छ । जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले गरेको सर्वेक्षणअनुसार यहाँको शिक्षण संस्था विद्यालयमा महिलाको पहुँच पुरुषको तुलनामा धेरै न्यून रहेको पाइएको हो । जिल्ला शिक्षा कार्यालयले केही समयअघि एक कार्यदल गठन गरेर जिल्लाभित्रका विद्यालयमा महिलाको पहुँचबारे जानकारीलिन गरेको अध्ययनमा शिक्षण पेसामा महिलाको उपस्थिति न्यून रहेको पाइएको हो । कार्यदलको प्रतिवेदनअनुसार शिक्षण पेसामा न्यून सङ्ख्यासँगै निम्न माध्यमिक तथा माध्यमिक विद्यालयतहमा महिला प्रधानाध्यापकको सङ्ख्या शुन्य रहेको पाइएको छ । जिल्लाभित्रका कुल १३२ वटा निम्न माध्यमिक तथा माध्यमिक तहका विद्यालयमा एकजना पनि महिला प्रधानाध्यापक छैनन् । कार्यलयका अनुसार प्राथमिक विद्यालय तहका नौ संस्थागतसहित २३२ विद्यालयमध्ये ४५ विद्यालयमा भने महिला प्रधानाध्यापक रहेका छन् । यस्तै जिल्लाका कुल ३५४ विद्यालयमध्ये तीनवटा विद्यालयमा मात्रै महिलाले विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरेका छन् । महिलाले समितिको नेतृत्व गरेको विद्यालय हाङ्पाङ स्रोत केन्द्रअन्तर्गतका दुई र खोक्लिङ स्रोतकेन्द्रको एक विद्यालय रहेको शिक्षा कार्यालयले जनाएको छ । यस अवस्थालाई हेर्दा महिला प्रअको सङ्ख्या करिब १३ प्रतिशत र विद्यालय व्यवस्थापन समिति अध्यक्ष शुन्य दशमलव ८५ प्रतिशत रहेको छ । हाल जिल्लामा कुल एक हजार ६४२ जना शिक्षक कार्यरत रहेका छन् । सो सङ्ख्यामध्ये महिला शिक्षकको सङ्ख्या ३७७ मात्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप