अपाङ्गद्वारा सरसफाइमन्त्री समक्ष मागपत्र पेस
जुम्ला - सरकारले निर्माण गर्ने धारा, शौचालय अपाङ्गतामैत्री हुनुपर्ने भन्दै तीन बुँदे मागपत्र खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह समक्ष पेस गरिएको छ ।
अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र नेतृत्वको टोलीले मन्त्री सिंहलाई मागपत्र पेस गरेको हो । जुम्ला खुला दिसामुक्त घोषणा कार्यक्रममा आइपुग्नु भएका मन्त्री सिंहले मुलुकमा बन्ने सबै खानेपानीका धारा तथा शौचालय अपाङ्गतामैत्री बनाइने प्रतिवद्धता जनाएका थिए। उहाँले अपाङ्गता भएका व्यक्तिको भेटघाटमा सो कुराको प्रतिवद्धता जनाएका हुन् । मागपत्रमा सरकारले नेपालमा खुला दिसामुक्त जिल्लाको घोषणा अभियान तथा पूर्ण सरसफाइ कार्यमा अपाङ्गतामैत्री वातावरणसहितको भौतिक संरचना निर्माण गर्नुपर्ने, कर्णालीका अपाङ्गता भएका व्यक्तिको आधारभूत आवश्कता शिक्षा, स्वास्थ्य, रोजागार, खेलकुद मनोरञ्जनलगायतका क्षेत्रमा सहभागिताका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयका साथै सम्बन्धित निकायसँग आवश्यक पहल गरिनुपर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण