खण्डग्रास सूर्यग्रहण फागुन २६ गते
शनिबार, २२ फागुन २०७२, १३ : २४
काठमाडौँ - फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बिहान ५:५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
“ग्रहणको मध्यकाल बिहान ६ः२७ र मोक्षकाल ७ः०२ बजे हुन्छ, ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय बचन छ”–उनले भने । यस अनुसार फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्नु नहुने समितिको भनाइ छ ।
सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको ग्रहणकै आधारमा सरकारले तत्काल निर्णय गरी सार्वजनिक बिदा दिने गरेको बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिइने गरेको र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले बिदाको निर्णय गर्नुनपर्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण