भूकम्पले गर्दा एकै रातमा खोला सुकेपछि...
भेराक्रुज – मेक्सिकोका हजारौं जनता बिहान उठ्ने बित्तिकै हैरानमा परे । एक रातअघिसम्म कलकल बग्ने खोला बिहान उठ्दा सुकिसकेको थियो । भेराक्रुज राज्यमा रहेको एटोयाक नाम गरेको खोला यसरी रातारात सुकेको हो । राज्यका १० हजार जनाको पिउने पानीको स्रोत रहेको यस खोला भूकम्पको धक्कापछि जमिनमा बनेको ठूलो खाल्डोका कारण सुकेको अनुमान गरिएको छ ।
खाल्डो बनेपछि ८ वटा नगरपालिका भएर बग्ने यो खोला कति प्रभावित बनेको छ भन्ने अझै यकिन भने अझै भएको छ । खाल्डो बनेको स्थान सान फर्मिनका बासिन्दाले आफूहरुले राती ठूलो आवाज सुनेको र त्यही बेला जमिन पनि हल्लेको दाबी गरेका छन् । स्थानीय हुवाना सान्चेजले भनिन्, ‘हामीले शुरुमा त हाम्रो धारा बिग्रिएको भन्ने सोचेका थियौं । तर पछि हेर्दा त खोला नै सुकेको रहेछ । खोला सँधै बग्ने स्थानबाट नबगेर ठूलो खाल्डोमा खसेर बगिरहेको थियो ।’
सरकारी अधिकारीहरुले करिब १ सय फिट लामो खाल्डो बताएका छन् । ‘यो खाल्डो विस्तारै बढ्दै गइरहेको छ,’ स्थानीय अधिकारीहरुले बताएका छन् । राष्ट्रिय खानेपानी आयोगले यस विषयमा वैज्ञानिक अध्ययन गर्ने बताएको छ भने त्यस क्षेत्रमा देखिएको पानीको अभावसँग जुध्न तात्कालिन योजना तर्जुमा गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण