शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जनसम्पर्क समितिको अर्को पक्षको समर्थन पौडेललाई

शनिबार, २२ फागुन २०७२, १६ : २७
शनिबार, २२ फागुन २०७२

काठमाडौ - नेपाली काग्रेसको नेपाली जनसम्पर्क समितिको एक पक्षले बरिष्ठ नेता शेरबहादुर देउवाको पक्षमा समर्थन रहेको भनि गरेको घोषणालाई अर्को पक्षले झुठो भनेको छ । शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अमेरिका, अष्ट्रेलिया, स्पेन, बेलायत, कतार दक्षिण कोरिया, नेदरल्याण्ड, जापान, जर्मनी, बेल्जियम र यूरोपका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु कार्यबाहक सभापति रामचन्द्र पौडेलको पक्षमा रहेको स्पष्ट पार्दै सानो झुण्डले पुरै जनसम्पर्क समितिको दावी गर्दै देउवाप्रतिस समर्थन ब्यक्त गरेको दावी गरेका हुन् । पत्रकार सम्मेलनमा जनसम्पर्क समिति अमेरिकाका कृष्ण सुवेदीले निष्ठाको राजनीतिलाई काग्रेसमा स्थापित गर्न पनि रामचन्द्र पौडेलको विकल्प नरहेको भन्दै दावी गरिए जस्तो जनसम्पर्क समितिको बहुमत सदस्य देउवाको पक्षमा नरहेको बताए । स्पेनका सालिग्राम ढुंगेलले भोली काग्रेसको भविष्य निर्माणकोलागि पनि पौडेलको पक्षमा मतदान गर्नुको विकल्प नभएको बताए । अष्ट्रेलियाका सन्तोष सिटौलाले पौडेलप्रति समर्थन ब्यक्त गर्दै अब काग्रेसमा भागबण्डाको राजनीति अन्त्य गरेर जनसम्पर्क समितिलाई पनि केन्द्रीय समितिमा समेट्नु पर्ने बताए । बेलायतका विज्ञान प्रसाईले समावेशी र सहभागितामा आफूहरुलाई पनि समेट्ने सस्थापन पक्षलाई विजयी बनाउन आग्रह गरे । त्यसैगरी बेलायतका महेश दाहाल, जापानका चिरिञ्जिवि थापा, कोरियाका नवराज सिवाकोटी, बेलायतका विश्व आर्दश पण्डित, यूएईका चित्र केसी, डेनमार्कका नवराज आचार्य, नेदरल्याण्डका दिपक रेग्मी लगायतकाले पौडेलको उम्मेदवारीको पक्षमा आफूहरु रहेको स्पष्ट पार्दै कुनै भ्रम नपाल्न आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप