शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

शेरबहादुरको आक्रामक प्रचार, पौडेल र सिटौला पनि कहाँ कम !

शनिबार, २२ फागुन २०७२, १६ : ३८
शनिबार, २२ फागुन २०७२

काठमाडौं– भृकुटीमण्डप अघिल्तीरको सडकमा गाडी आउन जान निषेध गरिएको छ । पद्मोदय मोडदेखि राष्ट्रिय सभागृहको मुलगेट सम्म नेपाली कांग्रेसका कार्यकर्ताहरु फरक फरक तरिकाले आ–आफ्ना नेताको प्रचारमा जुटेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी कांग्रेसको तेह्रौ महाधिवशेन स्थलमा पुग्दा कुनै विशाल मेलामा पुगेजस्तो भान हुन्छ । पद्मोदय क्याम्पस हुँदै अगाडी बढेपछी बाल्मिकी क्याम्पस पुग्दा नपुग्दै भिड छिचोल्न धौ–धौ पर्छ । नेपाल ल क्याम्पसको गेटसँगैको एउटा कोठा भित्रबाट केही कांग्रेस कार्यकर्ताहरु ब्याच र क्याप टोपी बाँडिरहेका छन् । करिब आधादर्जन लाईनमा बसेर ब्याच लिँदै थिए । त्यो ब्याच र टोपी शेरबहादुर देउवाको हो । दुवैमा शेरबहादुर देउवालाई जिताऔं भन्ने नारा लेखिएको छ ।

ब्याच र टोपी मात्र हैन, महाधिवेशन आसपासमा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर पक्षले आफ्नो प्यानलको प्रचारलाई आक्रामक ढंगले प्रस्तुत गरिरहेको छ । ‘रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई देउवाले पछि पारको देखियो’ रामेछापका कांग्रेस कार्यकर्ता दिपक खड्काले भने, ‘माहोल हेर्दा नतिजा शेरबहादुरकै पक्षमा जाला जस्तो छ ।’ देउवाको फोटो छापिएको क्याप लगाएका तीन चार हुल कार्यकर्ताहरु पद्मोदय मोड हुँदै सभागृह सम्म नाराबाजी गर्दै पुग्छन् फेरी त्यही बाटो फर्कन्छन् । यो क्रम शुक्रवार मध्यान्हदेखि जारी थियो, अहिले पनि चलिरहेको छ । पर्चा पम्पेट र फ्लेक्स बोर्ड पनि देउवा र उनी निकट केन्द्रिय सदस्यहरुले धेरै प्रदर्शन गरेका छन् ।

त्यसो त पर्चा पम्प्लेटले भृकुटीमण्डको सडकलाई नै छोेपेको छ । आईतबार हुने निर्वाचनमा पदाधिकारी सहित ३१२ नेताहरु चुनावी दौडमा सहभागी छन् । धेरथोर सबैले आ–आफ्ना पक्षमा प्रचार गरिरहेका छन् । देउवा निकट मानिने केन्द्रिय सदस्यका उम्मेद्वार मोहन बहादुर बस्नेतले नाचगान सहित प्रचार गरिरहेका छन् । आफ्नो पक्षमा प्रचार गर्नेमा देउवा प्यानलपछि दोस्रोमा देखिएका छन् पौडेल । पौडेल निकट कार्यकर्ताहरु उनलाई विचारक र सादगी नेता भन्दै भोट मागिरहेका छन् । उनिहरु बेला–बेला ‘भोट कसलाई रामचन्द्र दाईलाई’ भन्दै भोट मागिरहेका छन् । पौडेलका कार्यकर्ताले उनलाई पार्टीभित्रको ६०/४० को भागबन्डा अन्त गर्नसक्ने नेताको रुपमा प्रचार गरिहेका छन् ।

प्रचारको दौडमा सवैभन्दा पछी देखएको छ सिटौला प्यानल । कृष्ण सिटौला, गगन कुमार थापा र उमाकान्त चौधरीको फ्लेक्स प्रिन्ट बोकेका कार्यकर्ताहरुले सिटौलालई गुट–उपगुटको अन्त्य गर्ने नेताका रुपमा प्रचार गरिरहेका छन् ।

खर्चिलो प्रचार तर अर्थहिन कांग्रेस कार्यकर्ताले भृकुटीमण्डप बाहिर सडकमा नाचगानसहित गरेको भड्किलो प्रचार अर्थहिन देखिएको छ । महाधिवेशन प्रतिनिधीहरु मुलगेट भन्दा भित्र रहेका छन् । महाधिवेशन प्रतिनीधहरु बाहेक सामान्य कार्यकर्तासँग मागेको भोट र बाँडेको पर्चाले केही अर्थ राख्दैन ।

महाधिवशेन प्रतिनीधीहरु बन्दसत्र जारी रहेको प्रदर्शनी हल, खाना–खाजा खाने स्थान र मुलगेट भित्रै बस्छन् । त्यहाँबाट बाहिर निस्केपछि उनीहरु आ–आफ्नो बासस्थात तिर लाग्छन् । कार्यकर्ताले मुल सडकमा गरेको प्रचार अर्थहिन भएपनी नेताहरुले बन्दसत्र हुने प्रदर्शनि हल, हल वरपर भेटिएका प्रतिनीधी र खाना खाने स्टलमा गएर भोट मागिरहेका छन् । मुलगेट भित्रको बारमा राखिएका फ्लेक्स र ब्यानरहरु शुक्रवार साँझबाटै हटाईएका छन् । भित्र पर्चा पम्प्लेट खासै बाँडिएको छैन, उम्मेद्वारहरु प्रत्यक्ष रुपमा महाधिवेशन प्रतिनीलाई भेटेर भोट मागिरहेका छन् ।

बन्दसत्रले खिचेन प्रतिनिधीको ध्यान १३ औं महाधिवेशनको बन्दसत्रले महाधिवेशन प्रतिनिधीहरुको ध्यान खिच्न सकेको छैन । बिहान ९ बजेदेखी शुरु भएको बन्दसत्रको पहिलो शेसनमा आधाजसो प्रतिनीधीहरु बाहिरै बसेका थिए । साँढे दुईबाट शुरु भएको बन्दसत्रको दोस्रो शेसन जारी रहँदा पनी महाधिवेशन प्रतिनीधी तथा केन्द्रिय सदस्यका उम्मेद्वारहरु हलबाहिर बसेर आ–आफ्ना पक्षमा भोट मागिरहेका छन् । उनिहरु बेला–बेला हलमा पस्छन् केही मिनेट बसेर निस्कीहाल्छन् । ‘नीतिगत छलफलमा कसैले ध्यान दिएनन्, ‘एक महाधिवेशन प्रतिनीधीले भने, ‘सवैको ध्यान चुनाव कसले जित्छ भन्नेमै केन्द्रित रहेको छ ।’

(फोटो : बिजु महर्जन)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप