शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हिमालपारीको समथर क्षेत्रमा पर्यटकीय सहर बनाउन एमाओवादीको माग

शनिबार, २२ फागुन २०७२, १८ : ३१
शनिबार, २२ फागुन २०७२
पोखरा – एकीकृत नेकपा माओवादीले हिमाल पारीका जिल्लाको समथर भू भागमा पर्यटकीय सहरको रुपमा विस्तार गर्न सरकारसँग माग गरेको छ । हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङ र गोर्खा जिल्लाका केही उच्च समथर भूभागमा सहरीकरणको गुरु योजना तयार पारी ती स्थानमा पर्यटकीय सरह विस्तार गर्न एमाओवादीले माग गरेको हो । पार्टीको प्रदेश नं ४ को हालै पोखरामा सम्पन्न पूर्ण वैठकले गरेको २५ वुँदे निर्णय सार्वजनिक गर्न शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रदेश इन्चार्ज डिलाराम आचार्यले सो कुराको जानकारी दिएका हुन् । वैठकले पोखरा उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गनुपर्ने र प्रदेश नं चारको मुकाम पोखरा कायम गरिनु पर्ने माग समेत गरेको छ । यसैगरी पोखराका ताल तलैयाको संरक्षण गरिनुपर्ने, काठमाण्डौ पोखरा लुम्विनी रेलमार्ग विस्तार गरिनुपर्ने, युवा जनशक्ति पलायन रोक्नु पर्ने, कर्मचारीतन्त्रमा भएको भ्रष्टाचार अन्त्य गरिनुपर्ने, प्रदेश नं ४ का प्राकृतिक सम्पदा र जडिवुटीको संरक्षण र सम्वर्दन गरिनु पर्ने, भूकम्प प्रभावितलाई राहतको व्यवस्था गरिनुपर्ने, नदी किनारामा रहेका दर्जनौ टारी खेतहरुमा सिंचाईको व्यवस्था गर्न समेत वैठकले माग गरेको छ । मागपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई वुझाएको एकीकृत नेकपा माओवादीले जनाएको छ । सो अवसरमा वोल्दै उनले माओवादीहरु फूटेर टाउका फरक देखिएपनि कार्यकर्ता नफूटेको दावी गरे । प्रचण्ड, वावुराम, किरणजीहरु भिन्न देखिएपनि कार्यकर्ताहरु अझै पनि एकीकृत नेकपा माओवादीमा नै वढी रहेको उनको भनाई छ । उनले आजको समाजवाद विपन्नता नभई सम्पन्नता भएकोले एकीकृत नेकपा मओवादी सोही रणनीति अनुसार अगाडि बढेको बताए । प्रदेश नं ४ का सचिव हरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन राजकाजी गुरुङ करणले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप